विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडले कालिगण्डकी गर्ज हाइड्रोपावर प्रालिको ५१ प्रतिशत संस्थापक सेयर खरिद गर्ने भएको छ । यसका लागि मंगलबार (२०८२ भदौ १० गते) सेयर खरिद सम्झौता सम्पन्न भएको ग्रीन भेन्चर्सले जनाएको छ ।

कालीगण्डकी गर्ज हाइड्रोपावरले म्याग्दी र मुस्ताङ जिल्ला भएर बहने कालीगण्डकी नदीको पानी सदुपयोग गर्दै १८० मेगावाटको कालीगण्डकी गर्ज आंशिक जलाशय जलविद्युत् आयोजना प्रवर्द्धन गर्न लागेको छ । आयोजनामा लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा विभिन्न बैंकहरूले सहवित्तीयकरणमा कुल लागतको ७५ प्रतिशतले ऋण लगानी गर्ने सम्झौता यसअघि नै गरिसकेका छन् ।

कूल ३९ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्रवर्द्धकहरूले २५ प्रतिशत स्वपुँजी लगानी गर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । २०८१ फागुन २६ गते भएको वित्तीय व्यवस्थापन अनुसार आयोजनामा अगुवा लक्ष्मी सनराइज बैंकले ९ अर्ब, सह–अगुवा ग्लोबल आइएमई बैंकले ७ अर्ब १२ करोड ६० लाख, सिद्धार्थ बैंकले ५ अर्ब रुपैयाँ,   हिमालयन बैंकले ३ अर्ब, नेपाल एसबीआई बैंकले ३ अर्ब र एभरेस्ट बैंकको २ अर्ब ५० करोड रुपैयाँ गरी कूल २९ अर्ब ६२ करोड ६० लाख रुपैयाँ ऋण गर्ने भएका छन् ।आयोजनाले २०७५ साल फागुन २७ गते विद्युत् उत्पादन अनुमति पत्रसमेत प्राप्त गरिसकेको छ ।

आयोजनाको निर्माण सन् २०२९ को जुनभित्र सकेर विद्युत् उत्पादन गर्ने लक्ष्य कम्पनीले राखेको थियो । आयोजनाबाट वार्षिक १०५६ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३