विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकाको पर्यटकिय स्थल रोल्वालिङ उपत्यकाको बेदिङ गाउँमा राष्ट्रिय प्रणालीको विद्युत पुगेको छ । सगरमाथा आरोहीको गाउँको नामले चिनिने गाउँमा नेपाल विद्युत विद्युत प्राधिकरणले विद्युतीकरण विस्तार गरी विद्युत पुर्याएको हो ।

७ दिन लगाएर पोल तथा तार ढुवानी गरी २५ किलोमिटर लामो ११ केभी प्रसारण लाईन निर्माण गरेर विद्युतिकरण गरिएको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्र प्रमुख मेघनाथ ढकालले बताए । उनका अनुसार राष्ट्रिय प्रसारण लाईनबाट विद्युत नपुगेको ३ हजार ७ सय २१ मिटर उचाईमा रहेको बेदिङ गाउँमा बिजुली पुर्याईएको हो ।

गाउँका २५ घरधुरीमा मिटर जडान गरी विद्युत वितरण सुरु गरिएकाे केन्द्रले जनाएको छ । पर्यटकिय पदमार्गमा पर्ने होटल व्यवसायीलाई लक्षित गरी दुर्गम गाउँको सुर्मुचेमा १५ केभीए र क्याल्चेमा २५ केभीएको ट्रान्सर्फर जडान गरी विद्युतीकरण गरिएको हो ।

भौगोलक रुपमा अत्यन्तै विकट मानिने गाउँमा पहिलो पटक राष्ट्रिय प्रसारण लाईनको विद्युत पुगेपछि स्थानीयबासी खुसी भएका छन् । गत शनिबार (२१ गते) देखि विजुली बत्ति बाल्न पाएपछि आफूलाई खुसी लागेको स्थानीय दावाछिरी शेर्पाले बताए ।

बिजुली पुगेसँगै टेलिभिजन हेर्न, मोबाईल चार्ज गर्न, विद्युतीय चुल्होको प्रयोग तथा जाडोयाममा हिटर बालेर फाईदा लिन सकिने शेर्पाको भनाई छ । अब इन्टरनेटको पहुँच पुगेमा पर्यटन व्यावसायमा थप सहयोग पुग्ने स्थानीयको अपेक्षा छ ।

१५ वर्ष अघि रोल्वालिङ खोलाबाट लघु जलविद्युत निर्माण गरेर विजुली बाले तापनि बिग्रेको र नाङ्गो तार हिउँ पर्दा जुधेपछि समस्या थियो । अहिले प्राधिकरणले केबुल विस्तारपछि हिउँ पर्दा पनि समस्या नहुने भएको छ । 

यसअघि बेदिङबासीले टुकी तथा सोलार बत्तिको प्रयोग गर्दै आईरहेका थिए । रोल्वालिङ क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि थप पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिने गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले बताए । रोल्वालिङ उपत्यकामा बेदिङ र ना गाउँ, च्छोरोल्वा हिमताल, दुधकुण्ड र गौरीशंकर सहितका हिमश्रृखला रहेका छन् । पर्यटकहरू ५ हजार मिटरको टासिलाप्चा पास गरेर सोलुखुम्बुको नाम्चे पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit