images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
आज देशभरि लक्ष्मीपूजाको झिलिमिली

काठमाडाैं । आज (कात्तिक ७ गते) हिन्दूहरूको महानपर्व दिपावली अर्थात् तिहार । यो दिन विद्युतको पहुँच पुगेका देशका हरेक गाउँ, ठाउँ क्षेत्र, सहर एवम् हरेक घर बिजुलीका अनेक बत्तिले झिलिमिली पारिएको हुन्छ । विद्युतको पहुँच नपुगेका ठाउँमा समेत अन्य वैकल्पिक उपायबाट घर–गोठ, छिमेक झिलिमिली पार्ने गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार हालसम्म देशका ९४ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको छ, ती हरेक घरमा विद्युत पुग्नुको छुट्टै त छँदैछ । अर्कोतिर, यही दिनलाई विद्युत खपतको महत्त्वपूर्ण दिन पनि मानिन्छ । देशभरि झिलिमिली बत्ति बाल्दा बढी विद्युत खपत हुने हुँदा यसको उच्च माग कतिसम्म पुग्छ भनेर हरेक वर्ष प्राधिकरणले रेकर्ड गर्ने गरेको छ । सधैं यसो यो वर्ष अर्थात् आज पनि उच्च माग (पिक डिमाण्ड) रेकर्ड गरिएको छ ।

प्राधिकरण भार प्रेषण केन्द्र (एलडिसी) का अनुसार आज सोमबार बेलुकी ६.१० मिनेटमा उच्च माग रेकर्ड भएको छ । यो समयमा आन्तरिक उच्च माग १३०५ मेगावाट र भारततर्फको निर्यात ३८० मेगावाट रेकर्ड गरिएको छ । आन्तरिक मागका हिसाबले यो वर्ष १४०० मेगावाट पनि पुग्न सकेको देखिँदैन, जबकि, अघिल्ला वर्षहरूमा यो विन्दु पार गरेको पाइन्थ्यो ।

भारततर्फ निर्यात गरेको परिमाणसमेत जोड्दा यो वर्षको लक्ष्मीपूजाको कूल उच्च माग १६८५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष यो अवधिमा भारत निर्यात गरिएको थिएन भने आन्तरिक माग करिब १५०० मेगावाट नाघेको थियो तर यो वर्ष आन्तरिक माग त्यो बिन्दुसम्म पुग्न नसक्नुले आन्तरिक खपत बढेको संकेत गर्दैन ।

केही वर्ष पहिलासम्म तिहार अर्थात् लक्ष्मीपूजामा बढी विद्युत खपत हुने हुँदा सर्वसाधारणदेखि व्यापारीसम्मलाई किफायति तरिकाले उपभोग गर्न विद्युत प्राधिकरणले अपिल गर्ने गर्थ्याे । अब त प्रणालीमा करिब २२ सय मेगावाटबराबर विद्युत परिमाण पुगिसकेको छ । यसले, माग र आपूर्तिलाई सन्तुलित बनाउने प्रयास गरेको छ ।
गत वर्ष प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लक्ष्मीपूजाको दिन माग करिब १५ हजार मेगावाट पुग्ने बताएका थिए । विगत वर्षमा लक्ष्मीपूजा अर्थात् आजैका दिन विद्युत मागको अवस्था कस्तो थियो त रु यसबारे यहाँ छोटो चर्चा गरिएको छ ।

२०७३ सालको तिहार

यो वर्ष कार्तिक १४ गते लक्ष्मीपूजा परेको थियो । ऊर्जा मन्त्रालयमा जनार्दन शर्मा र प्राधिकरणमा घिसिङको नेतृत्व थियो । यो वर्ष कुलमानको पहिलो कार्यकालको सुरुवात पनि थियो । लोडसेडिङले देश आक्रान्त भइरहेकै बेला उज्यालो पर्व परेको थियो ।
चाहे जति बिजुली थिएन । लोडसेडिङ हटाउनुपरेको थियो, फसादै फसाद थियो । प्राधिकरण, निजी क्षेत्र र भारतबाट आयात गरेर त्यो साँझ पिक आवर (उच्च माग) मा जम्मा ९६० मेगावाट विद्युत आपूर्ति भएको थियो । ४८४ मेगावाट पुगेन, त्यसैले त्यति बाराबर लोडसेडिङ हुने नै भयो । त्यसैलाई जोडेर प्राधिकरणले त्यो लक्ष्मीपूजाको नेपालको उच्चतम माग १४४४ मेगावाट भन्यो ।

त्यो वास्तविक रेकर्ड गरिएको पिक डिमाण्ड (उच्च माग) थिएन । ‘इस्टिमेटेड (अनुमानित)’ थियो । लक्ष्मीपूजाको त्यो दिन उत्साह थपियो । किनभने, काठमाडौंमा लोडसेडिङ भएन । त्यो साँझ काठमाडौं उपत्यकाको लोड ३१० मेगावाट थियो ।

२०७४ सालको तिहार

यो वर्ष लक्ष्मीपूजाको अधिकतम डिमाण्ड ९माग० १५०८ मेगावाट पुगेको अनुमान भयो, खासमा भार नियन्त्रण कक्षमा रेकर्ड गरिएको त्यस दिनको आपूर्ति भने ११६५ मेगावाट थियो । अर्थात्, अनुमानित ३४३ मेगावाटबराबर लोडसेडिङ भएछ, त्यो (२०७४/०७/०२) साँझ ६ः५५ बजे ।

२०७५ सालको तिहार

यो वर्ष लक्ष्मीपूजा कार्तिक २१ गते परेको थियो । त्यो साँझ (साँझ ६ बजे) नेपालको पिक डिमण्ड (उच्च माग) १०९७ मेगावाट पुग्यो,। प्राधिकरणले भार नियन्त्रण कक्षबाट मिडियालाई ११०५ मेगावाट रिपोर्टिङ गरेको थियो । पछि वास्तविक हिसाब गर्दा केही फरक पर्न गएको थियो ।

२०७६ सालको तिहार

यो वर्ष पनि सदा झैँ अर्थात् केही अघिल्ला वर्षहरू झैँ प्राधिकरणका उच्च पदाधिकारीहरू एलडिसी ९भार प्रेषण केन्द्र० मा पुगेका थिए । यो वर्ष लक्ष्मीपूजा कात्तिक १० गते परेको थियो । साँझ ६ः३० बजे अधिकतम माग ११२८.८८ मेगावाट रेकर्ड भयो । भार नियन्त्रण कक्षबाट भने १०८९ मेगावाट रिपोर्टिङ भएको थियो, जो पछि केही थप भएको पाइयो । यो वर्ष गत वर्षहरूभन्दा लक्ष्मीपूजा निकै पछि परेको हुँदा पिक लोड १२६५ मेगावाट रहेको थियो ।

तिहारमा उद्योग–धन्दा चल्दैनन् । प्राधिकरणका अनुसार तिहारको लोड वार्षिक पिक लोड हुन सक्दैन ।

२०७७ सालको तिहार

यो वर्ष लक्ष्मीपूजाका दिन करिब १०५०–११०० मेगावाट पिक लोड पुग्ने प्रक्षेपण गरिएको थियो । जसमा प्राधिकारणको ५२० मेगावाट, निजी क्षेत्र ४६० मेगावाट र भारतबाट करीब १२० मेगावाट गरी सम्पूर्ण माग आपूर्ति गर्ने लक्ष्य थियो । त्यति गर्दा प्राधिकरणसँग जगेडामा करिब २०० मेगावाट विद्युत थियो ।

यस वर्ष कात्तिक २९ गते परेको लक्ष्मीपूजाको दिन साँझ ६ः१५ बजे अधिकतम लोड ११३२ मेगावाट रेकर्ड गरिएको थियो । प्रक्षेपित लोड ११०० मेगावाटभन्दा बढेको लोड पुर्याउन भारतबाट १२० को सट्टा १५० मेगावाट आयात गर्नुपरेको थियो ।

२०७८ सालको तिहार

यो वर्ष कात्तिक १८ गते लक्ष्मीपूजा परेको थियाे ।  प्रक्षेपण गरिएको उच्च माग १५ सय मेगावाट रहे पनि साँझ आपूर्तिपछि रेकर्ड केही फरक पाइएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit