विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतकाे हिमाचल राज्य सरकारले किन्नौर जिल्लास्थित निर्माण चरणमा रहेकाे ७८० मेगावाटको जंगी थोपान जलविद्युत् आयोजना निर्माणकर्ता ठेकेदार सतलज जलविद्युत् निगम (एसजेभिएन) सँग ठेक्का रद्ध गर्ने निर्णय गरेको छ । राज्य सरकारले आयोजनाको निर्माण कार्य समयमै नगरेको र सन्तोषजनक काम नभएको भन्दै ठेक्का रद्ध गर्न लागेको हो ।

निर्माण गर्न दिने वा नदिने भन्ने लामो समयदेखिकाे विचाराधीन विषयमा अन्ततः राज्य सरकार ठेक्का रद्ध गर्ने टुंगाेमा पुगेकाे जनाइएकाे छ । ठेकेदारको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण सुस्त गतिमा अघि बढेकोले सम्झौता रद्ध गर्ने निर्णय गरेको मुख्य मन्त्री सुखविन्दर सिंह सुक्खुले स्पष्ट पारे । यता एसजेभिएनले भने स्थानीयको निरन्तर विरोधका कारण आयोजनाको कामलाई निरन्तरता दिन नसकेको गुनासो गरेको छ ।

१२ वर्षको कानुनी लडाइँपछि एसजेभिएनले जंगी थोपान पोवारी आयोजनाको निर्माण जिम्मा पाएको थियो । कम्पनीले सन् २०१८ अक्टोबरदेखि ७० वर्षका लागि निर्माण, सञ्चालन र स्वामित्व हस्तान्तरण (बुट) मोडलमा निर्माणको जिम्मा पाएको थियो । यसअघि यो आयोजनाको निर्माण क्षमता ९६० मेगावाट थियो । विविध कारण भएको ढिलाइ तथा पानीको बहावमा आएको कमी र लागतमा भएको वृद्धिका कारण यसको क्षमता घटेर ७८० मेगावाट पुगेको हो ।

यसैगरी, राज्य सरकारले हमिरपुर जिल्लामा रहेको ६६ मेगावाटको धौला सिद र कुल्लु जिल्लामा रहेको २१० मेगावाटको लुहरी जलविद्युत् आयोजना (चरण—१) को पनि निर्माण लाइसेन्स खारेज गर्ने सूचना जारी गरेको छ । विगत १८ महिनादेखि कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्न नसकेको भन्दै खारेज गर्ने तयारी गरेको हो ।

अन्तर्राष्ट्रिय एजेन्सीबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit