विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले सर्वसाधरणमा लागि सेयर आवेदन तथा बिक्री खुलाएको छ । कम्पनीले लमजुङमा निर्माणाधीन १२ मेगावाटको दोर्दी जलविद्युत आयोजनाको सर्वसाधारणका छुट्याएको साधारण सेयर आवेदन खुल्ला गरेको हो ।

सय रुपैयाँ अंकित २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको २१ लाख ९५ हजार ५०९ कित्ता सेयर निष्कासन गरीएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसमा आयोजना प्रभावित स्थानीयले नकिनेको २ लाख ९७ हजार ८४० कित्ता सेयरसमेत जारी गर्न लागेको हो ।

निष्कासीत सेयरमध्ये ६५ हजार ८६५ कित्ता आफ्ना कर्मचारीका लागि छुट्याएको छ । यस्तै, १ लाख ९ हजार ७७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको कम्पनीले जनाएको छ । बाँकी रहेको २० लाख १९ हजार ८६९ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन ।

कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम १७ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आवेदकले छिटोमा जेठ ३१ गते र ढिलोमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । कम्पनीले साबिक ढोडेनी, फलेनी र बन्सार गाविस, हाल दोर्दी गाउँपालिका दोर्दी खोलाको पानी उपयोग गरी १२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit