कठमाडौं । अप्पर स्याङ्गे हाइड्रो पावर लिमिटेडको साढे ५ लाख कित्ता सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयर आवेदन खुल्ला गरेको हो ।
प्रभावित स्थानीय र वैदेशिक रोजारीमा गएका नेपाली नागरिकका लागि सेयर निष्कासन तथा बाँडफाँड गरी बाँकी रहेको ५ लाख ३९ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकत्तम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् ।
सर्वसाधारणले छिटोमा असार १३ गतेसम्म र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको लमजुङमा २.४ मेगावाको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजना निर्माणाधीन छ ।