विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङमा ६ मेगावाटका दुई जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ्याङ्दी हाइड्रो पावर लिमिटेडको १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न प्रस्ताव पारित भएको छ । कम्पनीको हिजो बिहीबार (२८ गते) सम्पन्न भएको नवौं वार्षिक साधारण सभाबाट प्रस्ताव पारित भएकोे हो । 

कम्पनीको आठौं वार्षिक साधारणसभाबाट निर्णय भए बमोजिमको ४० प्रतिशत हकप्रद सेयर सम्बन्धि निर्णय रद्द गरी चुक्ता पूँजीको १०० प्रतिशत सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार चुक्ता पूँजी ३८ करोड  ६९ लाख ७७ हजार ५ सय रुपैयाँको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागिएको हो ।

कम्पनीको ६ मेगावाटको २ जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् । ४ मेगावाटको माथिल्लो छ्याङदीले गत मंसिर २४ गतेदेखि व्यापारीक उत्पादन सुरु गरेको हो । २ मेगावाटको छ्याङदी खोला सानाले लामो समयदेखि विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit