विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनकहररूको संस्था, नेपाल (इप्पान) ले साउन २९ गते (आइतबार) रसुवा जिल्लामा निर्माणाधीन सान्जेन जलविद्युत आयोजनाको साइट कार्यालयमा स्थानीय बासिन्दाले गरेको तोडफोडले ऊर्जा विकासमा नकारात्मक सम्देश प्रवाह हुने जनाएको छ ।

आयोजनाका न्यून प्रभावितले अति प्रभावित सरह सेयर माग गर्दै साइटको कार्यालय, गाडी, मोटरसाइकल तोडफोड गरेकाले यसप्रति घोर भत्र्सना गर्दै ऊर्जा विकासमा नकारात्मक सन्देश प्रवाह हुने जनाएको हो ।

‘आयोजनासँग आफ्ना केही मागहरू भए शान्तिपूर्ण तथा शिष्टतापूर्वक राख्न र आपसी वार्ता एवं छलफलबाट समाधान गर्न सकिने परिस्थितिलाई नजरअन्दाज गरेर त्यसरी बलजफ्ती गरिनु कुनै हिसाबले सैह्य छैन’ इपानले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ ।

यस्ता गतिविधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको ऊर्जा क्षेत्रमा भयंकर नकारात्मक सन्देश प्रवाह हुन्छ र समग्र यो क्षेत्र निरुत्साहित बन्ने विज्ञप्तीमा छ । 
परियोजनाहरूको कार्यस्थलमा हुने गरेका यस्ता घटनाहरूलाई निरुत्साहित गर्न र पुनः हुन नदिई सुरक्षाको प्रत्याभूति गराउन घटनाको निष्पक्ष छानविन गरी दोषी उपर कानुनी कारवाही गर्न इपानले माग गरेको छ ।

आइतबार निर्माणाधीन सान्जेन (४२.५ मेगावाट) र माथिल्लो सान्जेन (१४.८ मेगावाट) जलविद्युत आयोजनाको साइट कार्यालयमा ७०/८० जनाको समूहले तोडफोड र आगजनी गरेका थिए ।

२०७६ माघ २५ गते बसेको  वैठकको निर्णय अनुसारनै आयोजनाबाट अति प्रभावित, प्रभावित, सामान्य प्रभावित, र न्यून प्रभावित क्षेत्र छुट्याइएको छ, त्यही अनुसार नेपाल धितोपत्र बोर्डबाट स्विकृति पाइसकेकोले अब परिवर्तन गर्न नमिल्ने कम्पनीले जनाएको छ ।

सान्जेन जलविद्युत कम्पनीले आगामी भदौ ५ गतेदेखि ३६ लाख ५० हजार कित्ता साधारण सेयर गरी सूचना सार्वजनिक गरीसकेको छ । जिल्लाको अति प्रभावित आमाछोदीङमो गाउँपालिका वडा नम्बर ५, प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने लाइनबाट प्रभावित सोही पालिका वडा नम्बर ४, सामान्य  प्रभावित सोही पालिकाको वडा नम्बर १, २ र ३ र न्यून प्रभावित जिल्लाको बाँकी सम्पूर्ण बासिन्दाका लागि सेयर निष्कासन गरीनेछ ।

आयोजना प्रभावित स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ । आवेदकले छिटोमा छिटोमा भदौ १९ गतेसम्म र ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले रसुवाको आमादोदिङ्गो गाउँपालिकामा १४.८ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

याे पनि पढ्नुहाेस

सान्जेनकाे सेयरप्रति असन्तुष्टि जनाउँदै न्यून प्रभावितले गरे कार्यालय तोडफोड

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit