विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीअन्तर्गतको खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन अवरुद्ध भएको छ । हावाहुरी सहितकाे वर्षा र चट्याङ्‌का कारण सोमबार साँझदेखि प्रसारण लाइन अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । भारतसँगको विद्युत् व्यापारका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको यो लाइन अवरुद्ध हुँदा हाल वर्षाको मौसममा नेपालबाट भारत निर्यात हुने बिजुली प्रभावित भएको छ ।

यो लाइनकै सहयोगमा भारत निर्यात् हुँदै आएको करिब ३०० मेगावाट विद्युत्को निर्यात प्रभावित भएको प्राधिकरणका प्रवक्ता चन्दन घोषले ऊर्जा खबरलाई बताए । हाल भारतमा ५६० मेगावाट हाराहारीमा विद्युत् निर्यात हुँदै आएको प्राधिकरणको विवरणमा उल्लेख छ । यो लाइनमार्फत खिम्ती क्षेत्रबाट काठमाडौँ आउने बिजुलीसमेत अवरुद्ध भएको उनको भनाइ छ । 

‘यस्ता प्राविधिक समस्या आउनु ठूलो कुरा होइन,’ उनले भने, ‘कहिलेकाही आउँछन्, वर्षा भइरहेकोले लाइन सञ्चालनमा ल्याउन कठिन भइरहेको हाे ।अहिले पनि लाइन सञ्चालनमा ल्याउन प्राविधिक टोलीले प्रयास गरिरहेको छ । अबको २/३ घण्टाभित्र सञ्चालनमा आउन सक्छ ।’

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३