विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपाल विद्युत प्राधिकरण सम्बन्धित शोध प्रख्यात अमेरिकी जर्नलमा स्कोपस इन्डेक्सडजर्नलमा प्रकाशित भएको छ  । विद्युत प्राधिकरणको सक्षम, दुर्बल, अवसर र चुनौती विषयक शोध प्राधिकरणकै उप- प्रबन्धक सुरज रेग्मी र उनको टिमले करिब आठ महिना लगाएर गरेका हुन् ।

विश्वभर स्कोपस इन्डेक्सड जर्नललाइ गुणस्तरीय जर्नल मानिन्छ । उक्त सोधमा एनालाइटिकल हाइरार्की प्रोसेस (AHP) गणितीय तरिका प्रयोग गरि ने.बि.प्रा सक्षम, दुर्बल, अवसर र चुनौतीका ३९ कारक तत्त्वहरूलाई प्राथमिकीकरण गरिएको छ ।

जसमा विद्युत क्षेत्रमा एकाधिकार, विद्युतको प्रशस्त गार्हस्थ माग, देशब्यापी विदयुत वितरण सञ्जाल, ने.बि.प्राको बढ्दो साख जस्ता तत्त्वहरू सक्षम पक्षमा पहिचान भएका छन् भने अपर्याप्त प्रसारण तथा वितरण सञ्जाल, ग्रामीण क्षेत्रमा कमजोर विद्युत गुणस्तर, कमजोर आयोजना व्यवस्थापन, खरिद तथा करार व्यवस्थापन जस्ता तत्त्वहरु ने.बि.प्रा का कमजोरीको रूपमा पहिचान भएका छन् ।

अन्तरदेशीय विद्युत व्यापार, इनर्जी बैंकिङ र दीर्घकालीन विद्युतको बढ्दो माग जस्ता पक्षहरू ने.बि.प्राका अवसरका रूपमा पहिचान भएका छन् । त्यसैगरी, टेक अथवा पे करारबाट खरिद भएका निजी क्षेत्रको विद्युत व्यवस्थापन, सामाजिक तथा कानुनी अड्चनबाट आयोजना निर्माणमा ढिलाई, विद्युत चुहावट जस्ता प्रमुख चुनौतीको रूपमा पहिचान भएका छन् । तल दिइएको लिंकबाट उक्त जर्नल हेर्न, पढ्न तथा डाउनलोड गर्न सकिनेछ ।

लिंक : https://www.ijahp.org/index.php/IJAHP/article/view/944

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३