विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

वीरगञ्ज : वीरगञ्ज पथलैया औद्योगि कोरिडोरका उद्योगी व्यवसायीले विद्युत महशुल र कर दाखिलको समय थप्न सरकारसंग माग गरेका छन् । कोरोना संक्रमणको दोश्रो लहरसंगै संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले उद्योग व्यवसाय पनि प्रभावित भएकाले उद्योगी व्यवसायीले विद्युत महसुल र कर दाखिलाको समय थप्न सरकारसँग माग गरेका हुन् । 

कोरोना संक्रमण नियन्त्रणका लागि बैशाख १६ देखि निषेधाज्ञा लगाईएका कारण उद्योगको दैनिक उत्पादन, व्यवसाय र प्रशासनिक कामकारवाही समेत प्रभावित भएको संघको जिकिर छ । त्यहि कारण विद्युत महसुल र कर दाखीला, सरकारले तोकेकै समयमा गर्न सक्ने अवस्था नरहेको संघले जनाएको छ । 

वीरगञ्ज उद्योग वाणिज्य संघले नेपाल विद्युत प्राधिकरण र आन्तरिक राजश्व विभागलाई पत्र नै लेखेर यस्तो माग गरेका छन् । संघका अध्यक्ष सुबोध गुप्ताका अनुसार, कोरोना संक्रमण भयवाह बन्दै गएको र संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा पनि लगाइएका कारण उद्योग कलकारखनामा  मजदुर र कर्मचारी सहज रुपमा आवतजावत गर्न सक्ने अवस्था छैन । जसका कारण दैनिक उपभोग्य र औषधीजन्य उद्योग बाहेक अन्य सबै उद्योगहरु बन्द छन् । 

कोरोना संक्रमणको पहिलो लहरका बेला लगाइएको लकडाउनका कारणले थलिएका यस क्षेत्रका उद्योगहरु पुन सामान्य अवस्थामा फर्किने क्रममै रहेका बेला अहिले फेरि दोश्रो लहर शुरु भएको छ । यसका साथै निषेधाज्ञा पनि लगाइएकाले नीजी क्षेत्र थप मारमा परेको अध्यक्ष  गुप्ताले बताए । त्यसैले कम्तीमा विद्युत् महशुल र कर दाखिलाको समय सरकारले थप दिएको खण्डमा नीजी क्षेत्रलाई थोरै भएपनि राहत पुग्ने अध्यक्ष गुप्ताले बताए । 

संघका उपाध्यक्ष हरि गौतमले निषेधाज्ञा लगाइएका कारण ठूला उद्योगहरुमा समेत प्राविधिक तथा प्रशासनिक कर्मचारी आउन नपाएकाले विद्युतीय माध्यमबाट महशुल दाखिला गर्न पनि सम्भव नभएको बताए । 

निषेधाज्ञा हटेपछि विद्युत् महशुल, कर विवरण र कर चुक्ता गर्नसक्ने सहुलियत दिन उद्योगी व्यावसायीले माग गरेका छन् । साथै संघले अहिले समयमै विद्युत महशुल र कर तिर्न नसक्दा , पछि त्यसको जरीवाना नलिन पनि सरकारसंग माग गरेको छ । 

अन्नपूर्ण पाेष्ट दैनिक

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit