विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले बेलायललाई नेपालको जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न आग्रह गरेकी छन् । आज (बैशाख २६ गते) मन्त्रालयमा भएको नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटसँगको भेटमा उनले यस्तो आग्रह गरेकी हुन् ।

मन्त्री भुसालले ऊर्जा सुरक्षाका लागि नेपालले जलाशययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै बेलायत सरकार र त्यहाँका निजी क्षेत्रलाई त्यस्ता आयोजनामा लगानी गर्न आग्रह गरिन् ।

नेपालले जलवायु परिवर्तनको नराम्रो असर भोगिरहेको उल्लेख गर्दै उनले भनिन् ‘जलवायु परिवर्तनको असर धेरै क्षेत्रमा देखिन थालेको छ, यो समस्या हाम्रो मात्र होइन, संसारकै हो, यो विषयमा बेलायत सरकारको सहयोग रहने विश्वास लिएकी छु ।’

नेपाल र बेलायत सरकारबीचको सम्बन्ध मात्र नभइ जनस्तरको सम्बन्ध पनि प्रगाढ रहेको बताउँदै मन्त्री भुसालले कोभिड–१९ बाट सुरक्षित रहनका लागि बेलायत सरकारले नेपाललाई पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।

सो अवसरमा राजदूत पोलिटले बेलायत सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सहकार्य गरिरहेको र ऊर्जाका अन्य क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक रहेको बताइन् । आगामी साता बेलायतका मन्त्री लर्ड अहमद नेपाल आउन लागेको जानकारी गराउँदै पोलिटले मन्त्री लर्डसँगको भेटमा ऊर्जामा गरिने लगानीका विषयमा छलफल गर्न सकिने बताइन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३