विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी पुस ७ गतेभित्र विद्युतीय संरचनाको उपयोगका लागि नियमानुसार सम्झौता गर्न नआउने सेवा प्रदायकहरूलाई कारबाही गर्ने भएको छ । प्राधिकरणले संरचनाहरू प्रयोग गर्ने टेलीफोन, केबल टीभी र इन्टरनेट सेवा प्रदायकलाई आगामी एक महिनाभित्र नविकरण गरिसक्न निर्देशन दिएका हो ।

प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले सूचना सार्वजनिक गरी तोकिएको समयभित्र नियमानुसार सम्झौता नगर्ने, सकिएको सम्झौता नविकरण नगर्ने तथा अहिलेसम्मको विद्युतीय संरचना उपयोग गरी भाडा भुक्तानी नगर्ने सेवा प्रदायकलाई कारबाही गर्ने  जनाएकाे छ।

‘सेवा प्रदायकहरूलाई विद्युतीय संरचना उपयोगका लागि नियमानुसार सम्झौता गर्न बोलाइएको छ’, सूचनामा भनिएको छ ‘सम्झौता गर्न नआउनेलाइ प्राधिकरणको नियमाअनुसार कारबाही गरिनेछ ।’

प्राधिकरणका अनुसार केही सेवा प्रदायकहरूले अहिलेसम्म भाडादर भुक्तानी गरेका छैनन् । अब नियमानुसार मात्रै विद्युतीय संरचना सेवा प्रदायकलाई उपयोग गर्न दिइने हुँदा नयाँ सम्झौता  तथा नवीकरण गर्ने सेवाप्रदायकलाई अहिलेसम्मको भाडा रकम सबै भुक्तानी गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

सेवा प्रदायकहरूलाई प्राधिकरणसँग सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको काम नगर्न सूचनामा भनिएको छ । प्राधिकरणले २०७५ मा विद्युतीय  पोल र अप्टिकल फाइबरको भाडा दर बढाएपछि सेवा प्रदायकले त्यसको विरोध जनाउँदै भाडा तिर्न अटेर गरेका थिए ।

थप जानकारीका लागि :

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit