विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक गैरसरकारी संस्था शेषकान्त फाउन्डेशनबीच साझेदारी सम्झाैता भएको छ । जलविद्युत आयोजना निर्माण, सञ्चालन तथा मर्मत सम्भारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न मंगलबार यस्ताे सम्झाैता भएकाे हाे ।

सम्झाैतामा इपानका अध्यक्ष कृष्णप्रसाद आचार्य र फाउन्डेसनका अध्यक्ष विश्वेश्वरप्रसाद ढकालले हस्ताक्षर गरे । सम्झाैता अनुसार फाउन्डेसनले जलविद्युत क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन तथा विकासमा इपानसँग समन्वय तथा सहकार्य गर्नेछ ।

धादिङको धुनिबेँसी नगरपालिकामा सञ्चालित फाउन्डेसनमार्फत जर्मन प्राविधिक शिक्षालयबाट जलविद्युत क्षेत्रले खोजे जस्तो प्राविधिक जनशक्ति उत्पादन गर्ने ढकालले बताए । ‘ऊर्जा क्षेत्रमा देखिएको दक्ष प्राविधिकको अभाव अब यस फाउन्डेसनले पूरा गर्नेछ,’ उनले भने, ‘विदेशी भूमिबाट प्राविधिक ल्याउन बढी खर्च र समय लाग्छ । नेपालमै उत्पादन गर्न सके खर्च र समय दुवै जोगिन्छ ।’

आगामी ६ महिनाभित्र जलविद्युत क्षेत्रका लागि जनशक्ति तालिम सुरु गरिने पनि ढकालले बताए । उनका अनुसार जलविद्युत प्रवद्र्धकसँग सहकार्य गरी चाहिएअनुसार पाठयक्रम डिजाइन गरी तालिम दिइने छ ।

तालिमका लागि आवश्यक उपकरण जर्मनस्थित स्टेल्वा हाइड्रो कम्पनीले प्रदान गर्ने जनाइएको छ । विदेशमा सिकेको ज्ञान र पुँजी स्वदेशमै लगानी गर्ने उदेश्यले फाउन्डेसन निर्माण गरिएको बताइएको थियो । शिक्षालयमा अहिले २० जनाले वैल्डिलङको तालिम लिइरहेका छन् । होस्टल निर्माण पूरा नभएकाले अहिले स्थानीयलाई प्राथमिकतामा राखी तालिम प्रदान गरिएको छ ।

निर्माणधीन होस्टल, विद्यालयभवन र उपकरण आयातसहित १४ करोड रुपैयाँखर्च भइसकेको फाउन्डेसनले जानकारी दियो । विदेशी भूमिमा बिनासीप युवाहरू जाने गरेको र यसले ठूलो समस्या निम्त्याइरहेको छ । रोजगारी गर्न विदेश जाने युवालाई पनि फाउन्डेसनले सीप सिकाउने योजना छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit