विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस २३, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुपर माई हाइड्रो पावर लिमिटेडको सेयर आवेदन दिने आज (बिहीबार) अन्तिम दिन हो । कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो ।

कम्पनीले माघ २३ (सोमबार) गतेदेखि सर्वसाधारण्का लागि जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशत सेयर बिक्री खुल्ला गरेको थियो । सय रुपैयाँ अंकित ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि र ५ प्रतिशत हुन आउने अर्थात २५ हजार कित्ता सेयर सामुहिक लगानी कोषका तथा २ प्रतिशत हुन आउने अर्थात १० हजार कित्ता सेयर कम्पनीका  कर्मचारीको  लागि सुरक्षित गरिएको छ ।

बाँकी रहेको ४ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ । सर्वसाधारणले न्यूनत्तम १० कित्ता देखि २० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले इलाममा ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३