विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिद्धि हाइड्रो पावर कम्पनी लिमिटेडले १० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जाेड्न १६ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले निर्माणाधीन सिद्धि खोला जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण गर्ने भएकाे हाे ।

प्रवर्द्धक कम्पनीले इलाम जिल्लाको रोङ गाउँपालिकामा निर्माणाधीन आयोजनाको स्वीचयार्डदेखि सोही जिल्लाको सुर्योदय नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरणकाे फिक्कल सबस्टेनसम्म ३३ केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण गर्नु पर्ने देखिएकाे हाे । विद्युत विकास विभागले प्रसारण लाइन निर्माण गर्न कम्पनीको नाममा अनुमति दिने प्रकृया अन्तिम चरणमा पुर्याएको छ ।

विभागले विद्युत ऐन २०४९ को दफा ४ को व्यवस्था अनुसार विद्युत नियमावली २०५० को नियम १५ बमोजिम कम्पनीलाई अनुमतिपत्र दिन लागेको हो । कम्पनीलाई अनुमति पत्र दिन विभागले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

विभागले अनुमतिपत्र दिनुअघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । विभाग तथा कम्पनीको कार्यालयमा आइपुग्ने गरी सराेकारवालाबाट राय/सुझाव मागिएको हाे ।

निर्माणाधीन आयोजनाको स्वीचयार्डदेखि फिक्कल सबस्टेसनसम्मको  लाइनमा ३ सय ३८ वटा टावर रहनेछन् । एउटा टावरदेखि अर्को टावरसम्मको  दुरी ५० देखि ६० मिटर हुनेछ । कम्पनीले प्रसारण लाइनको काम सुरु गरेको १७ महिनाभित्र पूरा गरी सञ्चालनमा ल्याइसक्नु पर्नेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit