विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
करेन्ट लागेर ताप्लेजुङमा बोलेरो दुर्घटना : ४ जनाकाे मृत्यु, २ घाइते

काठमाडौँ । बिजुली तारबाट करेन्ट लागेर सोमबार बिहान ताप्लेजुङ बोलेरो दुर्घटनामा परी मृत्यु भएका ४ जनाको परिवारलाई क्षतिपूर्ति दिने विषयमा का मृतक परिवारलाई प्राधिकरणले १० लाख क्षतिपूर्तिको पहल गर्ने सहमति भएको छ । प्राधिकरणका विद्युतीय संरचनामा परी भएको मानवीय क्षतिमा मृतकका परिवारलाई ५ लाख रुपैयाँ राहत दिने प्राधिकरणको विनियमावलीमै उल्लेख रहेको र विनियमावली परिमार्जन गरी उक्त रकमलाई १० लाख बनाउन अर्थमन्त्रालयमा प्राधिकरणले पहल गर्ने सहमति भएको हो ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा घटनापछि सोमबार मृतक पक्ष, प्रशासन र प्राधिकरणबीच भएको छलफलबाट यस्तो निर्णय भएको प्राधिकरणको ताप्लेजुङ वितरण केन्द्रका प्रमुख विजय चौधरीले ऊर्जा खबरलाई बताए । 

‘घाइतेहरूको उपचार खर्च दिने, मृतक गाडि चालककी श्रीमतिलाई प्राधिकरणमा करार रोजगारी दिने तथा गाडीको समेत क्षतिपूर्तिका लागि पहल गर्ने सहमति भएको छ,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालय, सरोकारवाला पक्षका प्रतिनिधिसहित उक्त घटनाको छानविन गर्ने समितिले सिफारिस गरेअनुसार अन्य कार्य अघि बढाउने सहमति भएको छ ।’

ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि तीर्थालु लिएर गइरहेको बलेरो गाडीमा बिजुलीको तारले छोएर आगो लाग्दा सोमबार बिहान करिब ५ बजे ४ जनाको मृत्यु भएको थियो । घटनामा २ जना घाइते भएका छन् । 

मे१च ३०११ नम्बरको बलेरो गाडीमा फुङ्लिङ–१० सेवारोचोक बिजुलीको तारले छाएर आगो लागेको थियो ।  मृत्यु हुनेमा ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारीचालक फुङलिङ–१० का ४२ वर्षीय दुर्गा भट्टराई छन् ।

घाइते हुनेमा ललितपुर–१० का ४५ वर्षीया सविना आचार्य र उनको १० वर्षीय छोरा भविमय आचार्य छन् । घाइतेरूलाई हेलिकोप्टरमा काठमाडौँ ल्याई अस्पतालमा भर्ना गरिएको थियो । भर्ना गरिएका मध्ये अविमय आचार्य डिस्चार्ज भएको र ४५ वर्ष सविना आचार्यको भने आइसियुमा उपचार भइरहेको केन्द्र प्रमुख चौधरीले बताए । 

चट्याङ परेर बिजुलीको तार अड्काउन प्रयोग हुने इन्सुलेटर पिन फुटेको र तार लत्रिन पुगेको पाइएकाे केन्द्र प्रमुख चौधरीले बताए । लत्रिएको तारमा ध्यान नदिई गाडी छेउमा लैजान खोज्दा गाडीको छत (हुड) मा तारले छोएर आगो लाग्न पुगेको देखिएको उनको भनाइ छ । 'प्राधिकरण यस्ता घटना हुन नदिन दिनरात खटिएकाे छ तर याे भवितव्य हाे,' उनले भने ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३