विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगममा रोजगारीको अवसर खुलेको छ । निगमले कार्यकारी निर्देशक पदका लागि आवेदन खुलाएको हो ।

कार्यकारी निर्देशकको रिक्त पदपूर्ति गर्न आवेदन खुलाएको निगमले जनाएको छ । निगमका अनुसार कार्यकारी निर्देशकका लागि निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तिमा पाँच वर्षको अनुभव भएको हुनुपर्नेछ ।

इच्छुक व्यक्तिले आगामी २१ दिनभित्र प्राप्त हुने गरी आवेदन पेश गर्नुपर्नेछ ।आवेदकले शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपी, बायोडाटा, पासपोर्ट साइजको दुईप्रति फोटो र निर्देशिकाको दफा ४ बमोजिमको व्यवसायिक कार्ययोजना (पाँच हजार शब्दमा नबढ्ने) पेश गर्नुपर्नेछ ।

इच्छुक आवेदकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा पाँच हजार रुपैयाँ सहित आवेदन दिन सक्नेछन् । यसअघि निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेलले थिए । उनको तीन वर्ष कार्यकाल पूरा गरी बाहिरिएसँगै कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आईतबार एक सूचना जारी गर्दै आवेदन मागेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit