विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले ३६ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले रसुवाबासीका लागि छुट्याएकाे साधारण सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएकाे हो ।

निर्माणाधीन ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रतिकित्ता सय रुपैयाँमा अंकित ३६ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्न लागिएको छ ।

कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डले अनुमति दिएलगतै सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सिटीजन इन्भेसमेन्ट ट्रस्टलाई बिक्री प्रबन्धक तोकेको छ ।

कम्पनीले यसअघि कर्मचारी संचय कोषमा रकम जम्मा गर्ने संचयकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी र सर्वसाधारणका लागि सेयर निष्कासन गरी बाँफफाँड गरिसकेकाे छ । कम्पनीकाे सेयर दाेस्राे बजारमा सूचीकृत भइ काराेबार समेत भइरहेकाे छ । रसुवाबासीले सेयर खरिदका लागि आवेदन दिन थप समय मागेकाले सेयर निष्कासन कार्य पछि सारिएकाे हाे ।

कम्पनीले निर्माण गरिरहेका आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । माथिल्लो सान्जेनको मुख्य सुरुङ र सर्जट्याङ खन्ने कार्य सम्पन्न भई अन्तिम चरणका कामहरू भइरहेका छन् । विद्युतगृहमा उपकरण राखिने संरचनाहरुको निर्माण सम्पन्न भइसकेको छ । सान्जेनको भौतिक प्रगति ८३ प्रतिशत छ ।

दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणहरूको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिकहरु चीनबाट नेपाल आउन नसक्दा करिब २ वर्षदेखि काम रोकिएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार अब चिनियाँ तथा नेपाली प्राविधिकहरूबाट विद्युतगृहमा उपकरण जडान कार्य सुरु गरिनेछ ।

यी आयोजनाको विद्युत चिलिमे हब सबस्टेसनसम्म पुर्याउन आवश्यक प्रसारण लाइन निर्माण भइरहेको छ । प्रसारण लाइनका टावरहरू निर्माण भइसकेका छन् । अब तार टाँग्न बाँकीे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit