विद्युत अपडेट

  • प्राधिकरण : ७६३३ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६०१ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२१६२ मे.वा.घन्टा
  • आयात : ११८६२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३६८१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८०१ मे.वा.
२०८१ ब‌ैशाख ३१, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको विद्युत् ट्रान्सफर्मरमा चट्याङ परेर क्षति पुग्दा करिब ३ सय घरधुरीमा विद्युत आपूर्ति बन्द भएको छ । गत शनिबार ट्रान्सफर्मर पड्किदा विद्युत आपूर्ति बन्द भएको हो ।

चट्याङले ट्रान्सफर्मरमा क्षति पुर्याउँदा धुल्लुबास्कोटका करिब ३ सय घरधुरी ४ दिनदेखि अन्धकारमा रहेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । उनका अनुसार विद्युत् आपूर्ति बन्द हुँदा स्थानीयले कुटानीपिसानी, साना घरेलु उद्योग सञ्चालन र सञ्चार सेवा प्रयोग गर्न पाएका छैनन् ।

ट्रान्सफर्मर मर्मतका लागि प्रक्रिया सुरु भएको भए पनि अझै केही दिन लाग्ने भएको छ । धुल्लुबास्कोटमा सामुदायिक विद्युतीकरण मार्फत केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको थियो ।

क्रियाशील सामुदायिक समितिले अझै समस्या पहिचान गर्न नसकेकोले मर्मत गर्ने वा नयाँ परिवर्तन गर्ने अन्योलमा रहेको पनि शर्माले बताए । वर्षासँगै आएको बाढी, पहिरो र चट्याङले यस क्षेत्रको ट्रान्सफर्मर र प्रसारण लाइनका कैयौँ पोलहरूमा समेत क्षति पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit