विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बाढीले बगाएको टावरको स्थानमा अस्थायी टावर राखेर मध्यमरस्याङ्दी जलविद्युत केन्द्रको विद्युत प्रवाह हुने १३२ केभी प्रसारण लाइन सञ्चालन गर्ने तयारी गरेको छ । अवीरल वर्षासँगैको बाढीले गत शनिबार क्षतिग्रस्त प्रसारण लाइन सञ्चालन गर्नका लागि अस्थायी टावर निर्माण गर्न लागिएको हो ।

बाढीले ९ नम्बर टावर बगाउँदा प्रसारण लाइन अवरुद्ध छ । प्रसारण लाइन अवरुद्ध हुँदा मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको ७० मेगावाट विद्युत विगत ५ दिनदेखि प्रणालीबाट बिच्छेद भएको छ ।

प्रसारण लाइन सुचारु गर्न अस्थायी टावर निर्माणका लागि उपकरण आयात गरिएको प्राधिकरण ग्रिड सञ्चालन विभाग प्रमुख सचितानन्द यादवले बताए । ‘स्थायी टावर निर्माण प्रक्रिया पुर्याएर जाँदा समय लाग्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘स्थायी टावर नबनुन्जेल अहिलेलाई अस्थायी टावर निर्माण गरेर प्रसारण लाइन सञ्चालन गर्ने प्रक्रिया अघि बढेको छ ।’

बुधबार साँझसम्ममा अस्थायी टावर निर्माणका लागि आवश्यक उपकरण लमजुङ पुग्ने पनि उनले बताए । टावर खडा गर्नुपर्ने स्थान दुर्गम क्षेत्रमा रहेकाले प्रसारण लाइन सञ्चालन गर्न समय लागेको उनले बताए ।

प्रसारण लाइनको अस्थायी टावर खडा गरी ढिलोमा सोमबारसम्ममा सञ्चालनमा ल्याउने उनले बताए । बाढीले प्रसारण लाइनको टावर बगाएपछि प्राधिकरणको प्राविधिक टोलीले लमजुङ पुगेर क्षतिकाे निरीक्षण गरेको थियो ।

यो प्रसारण लाइनमा मध्यमर्स्याङ्दीसँगै ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ को विद्युत प्रवाह हुन्छ । प्रसारण लाइन अवरुद्ध भएकै कारण मध्यमर्स्याङ्दीको उत्पादन बन्द छ भने माथिल्लो मध्यमर्स्याङ्दी विगत २२ दिनदेखि बन्द छ । गत असार १ गते मध्यमर्स्याङ्दी नदीमा आएको भीषण

बाढीले जलविद्युत केन्द्रको संरचनामा क्षति पुर्याएकाले उत्पादन बन्द छ । अहिले यस जलविद्युत केन्द्रको मर्मत भइरहेको छ ।

बाढीले ३३ केभी लाइनको पोलमा क्षति पुर्याएपछि बन्द रहेको लमजुङको विद्युत आपूर्ति भने सुचारु गरिएको छ । प्राधिकरणले क्षतिग्रस्त लाइनको मर्मत गरी आपूर्ति सुचारु गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit