विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण, पोखरा वितरण केन्द्रले तीन दिनमा ३२४ ग्राहकको लाइन काटेको छ । केन्द्रले लामो समयसम्म विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेको हो ।

केन्द्रले कात्तिक २० गतेदेखि २२ गतेसम्मको अवधिमा ३२४ ग्राहकको लाइन काटेको केन्द्र प्रमुख राजिवकुमार सिंहले बताए । यी ग्राहकले ४० लाख ३० हजार ७८९ रुपैयाँ बक्यौता महसुल बुझाउन बाँकी थियो । केन्द्रले २० गते ६१, २१ गते १०५ र २२  गते १५८ ग्राहकको लाइन काटेको छ ।

यसैगरी, यो अवधिमा २१६ ग्राहकले जरीवानासहितको महसुल बुझाएपछि उनीहरूको लाइन पुनः जोडिएको पनि थापाले बताए । यी ग्राहकले जरीवानासहित ३४  लाख ६४ हजार ४४९ रुपैयाँ बक्यौता महसुल बुझाएपछि उनीहरूको लाइन पुनः जोडिएको हो ।

केन्द्रले ६० दिनभन्दा बढी बक्यौता महसुल बाँकी भएको ग्राहकको लाइन काट्ने कामलाई तिव्र गतिमा अघि बढाएको छ ।

याे पनि पढ्नुहाेस्

एकै दिन ११७ ग्राहकको विद्युत् लाइन काटियो, साढे ५४ लाख बक्यौता बाँकी

पोखरा वितरण केन्द्र अन्तर्गत सबैभन्दा बढी बक्यौता भएको कास्की कारागारको लाइन काटियो

विद्युत् महसुल नतिर्ने गण्डकीका १२ सरकारी कार्यालयको लाइन काटियो

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३