विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आज (आइतबार) विद्युत् विधेयक २०८० छलफलका लागि प्रतिनिधि सभा (संसद) मा पेश गर्ने भएका छन् । 

दिउँसो १ बजेदेखि बसेको संसद बैठकमा आइतबार मन्त्री बस्नेतले उक्त विधेयक पेश गर्ने कार्यसूची रहेको संसदकाे पूर्वाधार विकास समिति सचिवालयले जनाएको छ । विद्युत् ऐन २०४९ लाई परिमार्जन गर्दै विद्युत्‌सम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको उक्त विधेयक संसदमा पेस गर्न लागेको हो । 

उक्त विधेयक संसदमा दर्ता भएपछि ७२ घण्टाभित्र सांसदहरूले अध्ययन गरी संशोधन प्रस्ताव संसदमा दर्ता गराउन पाउने छन् । 

त्यसपछि विधेयक र संशोधन प्रस्ताव संसदको विषयगत समितिमा दफावार छलफलका लागि पठाइने व्यवस्था रहेको समितिका सचिव उदयकुमार भण्डारीले बताए । 

‘समितिमा विधेयकमाथि छलफल भएपछि संसोधन प्रस्तावसहित संसदको फुल हाउसमा लगिने छ,’ उनले भने । 

नेपालमा समयसापेक्ष परिमार्जनसहितको नयाँ विद्युत् ऐनको महसुस गरी ऐन बनाउन विधेयक मस्यौता संसदमा लान सुरु गरिएको झण्डै २२ वर्ष भइसकेको छ । तर, हालसम्म नयाँ विद्युत् ऐन बन्न सकेको छैन । 

हाल संसदमा दर्ता भएको विधेयकमा रहेका कतिपय व्यवस्था निजी ऊर्जा उत्पादकहरुको हितमा नभएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले १२ बुँदे असहमतिसहित संशोधन प्रस्ताव पेश  गरिसकेको छ । 

सरकारले उक्त विधेयक संसदमा लैजान २७ भदाैमा संसद सचिवालयमा दर्ता गरेको थियो । 

यस्ताे छ कार्यसूची

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit