विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २८, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं र ललितपुर जिल्लाका विभिन्न क्षेत्रको विद्युत सेवा ४ दिनका लागि बन्द गर्ने भएको छ । प्राधिकरणले लप्सीफेदि तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकु ससबस्टेसन स्तरोन्नति गरी ६६ केभी टेकु–स्युचाटार लाइन १३२ क्भीमाा चार्ज गर्ने तयारी गरिरहेकोले विद्युत आपूर्ति बन्द गर्न लागेको हो ।

पहिलो चरणमा टेकु सबस्टेसनमा १ थान १३२/११ केभी, ४५ एमभीए ट्रान्सफर्मर चार्ज गर्न स्युचाटार तथा टेकु सबस्टेसनमा हाल ६६ केभीमा चार्ज भइरहेको स्वीचगियर हटाउन, कन्डक्टर परिवर्तन तथा स्थानान्तरण गर्न र टेकुमा प्रसारण लाइनतर्फ तीन इउचभि केवल टर्मिनेसन गर्न तथा टेकु–स्युचाटार लाइन १३२ केभीमा चार्ज गरिनेछ । यसका लागि स्युचाटार–पाटन, स्युचाटार–टेक तथा स्युचाटार–केभी प्रसारण लाइन बन्द गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

कहिले र कहाँ विद्युत आपूर्ति बन्द हुन्छ ?

स्युचाटार–टेकु : यो फिडर शुक्रबार (भदौ २९ गते) बिहान ८ बजेदेखि सोमबार (असोज १ गते) सम्म बन्द हुनेछ । कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, बागमती, रिङ रोड, भैँसेपाटी फिडरको विद्युत आपूर्ति बन्द हुनेछ । साथै टेकु सबस्टेसन, के ३ सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरू (थापाथली, सुन्धारा र के ३) बाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरू प्रभावित हुने तथा पिक लोडको बेला केही समय विद्युत कटौती हुन सक्नेछ ।

स्युचाटार–पाटन : यो फिडर शनिबार (भदौ ३० गते) बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बन्द हुनेछ । पाटन सबस्टेसनबाट आपूर्ति भइरहेको पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरू प्रभावित हुने तथा पिक लोडको बेला केही समय विद्युत कटौती हुन सक्नेछ ।

स्युचाटार–के ३ : यो फिडर आइतबार (भदौ ३१ गते) दिनको ३ बजेदेखि साँझ  ५ बजेसम्म बन्द हुनेछ । कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, बागमती, रिङ रोड, भैंसेपाटी फिडरको सेवा प्रभावित हुनेछ । साथै टेकु सबस्टेसन, के ३ सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरू (थापाथली, सुन्धारा र के ३) बाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरू बन्द हुनेछ ।

यी स्थानमा वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित/बन्द हुनेगरी नियमित आपूर्ति गर्ने प्रयास गरिने र निर्धारित समयअघि कार्य सम्पन्न भएमा प्रभावित लाइन सुचारु गरिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit