विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
‘विद्युत् विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव संसदमा प्रस्तुत 

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जलाशय आयोजनाको संरचना निर्माणको जिम्मा फरक–फरक कम्पनीलाई दिन सक्ने गरी विद्युत् विधेयक २०८० मा व्यवस्था गरिएको बताएका छन् । 

मन्त्री बस्नेतले ‘विद्युत् विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधि सभा (संसद) मा प्रस्तुत गर्दैै आइतबार यस्तो बताएका हुन् । 

हिउँद र वर्षायाममा हुने विद्युत् उत्पादनको असन्तुलन घटाउन जलाशय आयोजना निर्माण शीघ्र गतिमा अघि बढाउनु पर्ने अवस्था रहेकोले संरचना निर्माणमा फरक फरक कम्पनीलाई जिम्मेवारी दिन सकिने व्यवस्था गरिएको उनले बताए । 

‘वर्षाको भन्दा हिउँदको विद्युत् उत्पादन एक तिहाईले कम हुन भइरहेको छ,’ मन्त्री बस्नेतले भने, ‘उत्पादन सन्तुलन मिलाउन हिउँदमा विद्युत् उत्पादन बढाउनु पर्ने अवस्था छ ।’ 

त्यस्तै, मन्त्री बस्नेतले विद्युत् विधेयकले स्थानीय निकायलाई ५ मेगावाटसम्म, प्रदेशलाई २५ मेगावाटसम्मका आयोजनाको अध्ययन, विकास र सञ्चालन गर्ने जिम्मा दिने गरी सीमा निर्धारण गरेको उनले बताए । प्राप्त रोयल्टीबाट संघ, प्रदेश र स्थानीय तहमा विद्युतीकरण गर्ने उनले बताए । त्यस्तै विद्युत् उत्पादन र सञ्चालनका लािग निजी क्षेत्रबीच प्रतिस्पर्धा अघि बढाउने उनले बताए । 

विद्युत् ऐन २०४९ लाई  परिमार्जन गर्दै विद्युत्सम्बन्धी ऐनहरूलाई एकीकरण गर्न बनेको विधेयक पेश मन्त्री बस्नेतले संसदमा प्रस्तुत गरेका हुन् । 

उक्त विधेयक संसदमा दर्ता भएपछि ७२ घण्टाभित्र सांसदहरूले अध्ययन गरी संसदमा संशोधन प्रस्ताव दर्ता गराउन पाउने छन् । 

त्यसपछि विधेयक र संशोधन प्रस्ताव संसदको विषयगत समितिमा दफावार छलफलका लागि पठाइने व्यवस्था छ । 

नेपालमा समयसापेक्ष परिमार्जनसहितको नयाँ विद्युत् ऐनको महसुस गरी ऐन बनाउन विधेयक मस्यौता संसदमा लान सुरु गरिएको झण्डै २२ वर्ष भइसकेको छ । तर, हालसम्म नयाँ विद्युत् ऐन बन्न सकेको छैन । 

हाल संसदमा दर्ता भएको विधेयकमा रहेका कतिपय व्यवस्था निजी ऊर्जा उत्पादकहरूको हितमा नभएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले १२ बुँदे असहमतिसहित संशोधनको माग गर्दै गरिसकेको छ । 

सरकारले उक्त विधेयक संसदमा लैजान २७ भदाैमा संसद सचिवालयमा दर्ता गरेको थियो । 

 

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३