विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काबेली हाइड्रो पावर कम्पनी लिमिटेड र हिलटन हाइड्रो इनर्जी लिमिटेडले निर्माणाधीन आयोजनामा खटाउने गरी १३ कर्मचारीको माग गरेका छन । कम्पनीले ताप्लेजुङमा निर्माणाधीन आयोजनामा खटाउने गरी उक्त कर्मचारीहरूको माग गरेका हुन ।

१ जना भूवैज्ञानिक, ४ जना सिनियर सर्वेक्षणरसुपभाइजर, १ जना सर्वेक्षण, १ जना सुपरभाइजर, २ जना जुनियर सर्वेक्षण सुपरभाइजर, १ जना सिभिल/इन्जिनियर सुपरभाइजर, १ सिभिल ओभरसियर र १ जना सिभिल सब–ओभरसियर को माग गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार भूवैज्ञानिकका लागि सम्बन्धीत विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरी कम्तीमा पनि २ वर्ष आयोजनाको टनेल सम्बन्धी काम गरेको अनुभव हुनुपर्नेछ ।

सिनियर सुपरभाइजर र सर्वेक्षकको लागि पानि आयोजनाको टनेल सम्बन्धी कम्तीमा एक वर्ष काम गरेको अनुभव हुनुपर्ने छ । साथै, सुपरभाइजरको लागि हाइड्रो पावर क्षेत्रमा कम्तीमा पनि १ वर्ष काम गरेको हुनुपर्ने र सर्वेक्षकको लागि टनेलसम्बन्धी २ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।

यसैगरी, जुनियर सुपरभाइजर र सर्वेक्षकका लागि सम्बन्धीत क्षेत्रमा १ वर्ष काम गरेको, सिभिल इन्जिनिर र सुपरभाइजरको लागि सिभिल इन्जिनियरिङ विषयमा स्नात्तक तह उत्तीर्ण गरी सम्बन्धीत क्षेत्रमा कम्तीमा पनि २ वर्ष काम गरेको हुनुपर्ने छ । सिभिल ओभरसियरको लागि सम्बन्धीत विषयमा डिप्लोमा पास गरी लगभग २ वर्ष काम गरेको अनुभव हुनुपर्ने र सिभिल ओभरसियरको लागि सम्बन्धीत विषयमा प्रि डिप्लोमा गरी हाइड्रो पावर क्षेत्रमा कम्तीमा पनि एक वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।

इच्छुक योग्य व्यक्तिले बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit