विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ५, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकार र सिंगापुरको एक कम्पनीबीच २५० मेगावाटको सौर्य ऊर्जा परियोजना विकास गर्नका लागि विस्तृत अध्ययन गर्नेबारे समझदारी भएको छ । प्रधानमन्त्री अध्यक्ष रहेको लगानी बोर्डले आज (मंगलबार माघ १३ गते) राइजेन इनर्जी सिंगापुर जेभीसँग उक्त समझदारी गरेको हो ।

परिरयोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डिएफएसआर) तयार गर्ने विषयमा बोर्ड र कम्पनीबीच भएको समझदारीमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीका दक्षिण एसिया हेर्ने विकास प्रबन्धक वाङ क्विङले हस्ताक्षर गरेका छन् ।

बोर्डका अनुसार कपिलवस्तुको बाणगंगामा १२५ मेगावाट र बाँकेको कोहलपुरमा १२५ मेगावाट सौर्य विद्युत् आयोजना निर्माण हुनेछन् । त्यसमा २०–२० मेगावाटका स्टोरेज (भण्डारण) आयोजना समेत निर्माण गरिनेछ । कम्पनीले १२ महिनाभित्र विस्तृत अध्ययन प्रतिवेदन तयार गरी बोर्डमा बुझाउनुपर्ने उल्लेख छ ।

२०७७ असार ५ गते बसेको बोर्डको ४४औं सञ्चालक समितिको बैठकले कम्पनीलाई डिएफएसआर तयार गर्न अनुमति दिएको थियो । योसँगै अध्ययन अनुमतिपत्र दिने निर्णय पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit