विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रतिस्पर्धामार्फत कुल ८०० मेगावाट ग्रिड कनेक्टेड सौर्य विद्युत् परियोजना विकास गर्न बोलपत्र आह्वान गरेको छ । प्राधिकरणको विद्युत् व्यापार विभागले सूचना प्रकाशित गरी बोलपत्र आह्वान गरेको हो ।

प्राधिकरणका अनुसार उक्त परियोजना विकासका लागि प्रतिपर्धामा भाग लिन चाहने इच्छुक तथा योग्य कम्पनीले बढीमा कुल क्षमता १५० मेगावाटबाट नबढ्ने गरी एउटै वा विभिन्न परियोजना निर्माण गर्ने गरी बोलपत्र दर्ता गर्न पाउने व्यवस्था गरिएकाे विभागका प्रमुख राजन ढकालले ऊर्जा खबरलाई बताए । 

त्यस्तै, परियोजना विकासका लागि छनोट भई जिम्मेवारी पाउने कम्पनीले १० मेगावाट वा सोभन्दा कम क्षमताको परियोजना छ भने विद्युत् खरिद सम्झाैता भएकाे मितिले १८ महिनाभित्र निर्माण पूरा गरी सञ्चालनमा ल्याउनु पर्ने छ । त्यस्तै, १० मेगावाट वा सो भन्दा माथिको क्षमताका आयोजना छ भने २४ महिनामा निर्माण सकी सञ्चालनमा ल्याउनु पर्ने छ । यसरी प्रतिस्पर्धाबाट छनोट भई आयोजना विकास गर्ने विकासकर्तासँग प्राधिकरणले २५ वर्षसम्म विद्युत् खरिद गर्ने जनएको छ ।

योग्य आवेदनकर्ताले १५ हजार आवेदन शुल्क र प्रतिमेगावाट १० लाख रुपैयाँ धराैटीसहित २०२४ मे १९ सम्ममा बोलपत्र आवेदन दर्ता गरिसक्नु पर्ने छ । सोही दिनको २ बजे बोलपत्र आवेदकका प्रतिनिधिको उपस्थितिमा बोलपत्रको प्राविधिक प्रस्तावसमेत प्राधिकरणको केन्द्रीय कार्यालयमा खोलिने जनाएकाे छ । 

 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३