images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखामा २५ मेगावाटको सिंगटी जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडले १ बराबर १ हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सय रुपैयाँ दरका १ करोड ४५ लाख कित्ता सेयर निष्कासन गर्न कुमारी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।

निष्कासन सम्बन्धी सम्झौतापत्रमा सिंगटीका प्रबन्ध सञ्चालक सुदिप खड्का तथा कुमारी क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले असार २२ गते हस्ताक्षर गरे । हकप्रद सेयर निष्कासनबाट प्राप्त रकम विभिन्न ३५ मेगावाटभन्दा बढी क्षमताका आयोजनामा लगानी गर्ने कम्पनीको योजना छ । हाल, सिंगटीको अधिकृत पुँजी २ अर्ब ९० करोड रुपैयाँ, जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँ रहेकोमा हकप्रद सेयर निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ हुने जनाइएको छ ।

२०६७ जेठ ५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रूपमा दर्ता भई कएको सिंगटी २०७५ असार ६ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । कम्पनीले निर्माण गरेको सिगंटी खोलाबाट २०७८ साउन १७ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो । कम्पनीका अनुसार हाल आयोजनाले कूल क्षमताको ९७ प्रतिशत विद्युत उत्पादन गरिरहेको छ ।

हकप्रद शेयर जारीबाट प्राप्त रकम अर्बिट इनर्जी प्रालिद्वारा प्रवद्र्धित २१.५ मेगावाटको सभा खोला ‘बी’ र ६.३ मेगावाटको सभा खोला ‘सि’ मा ५१ प्रतिशत र ह्याबिट्याट पावर कम्पनी प्रालिद्वारा प्रवद्र्धित ७.५ मेगावाटको हेवा ‘ए’ मा ५१ प्रतिशत लगानी गर्ने जनाइएको छ ।

सिंगटी खोलाबाट उत्पादन गरिएको सबै विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्नका लागि कम्पनी र प्राधिकरणबीच २०७० कात्तिक २७ गते र २०७४ साल मंसिर २८ गते क्रमशः १६ मेगावाट र ९ मेगावाटको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit