काठमाडौं । डोल्टी पावर कम्पनी लिमिटेडले १६ लाख ९ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धिताेपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले दैलेखमा सञ्चालित ४.८ मेगावाटकोे पदम खोला स्मल जलविद्युत केन्द्रको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।
सय रुपैयाँ अंकित १६ करोड ९ लाख ४५ हजार ८ सय रुपैयाँ बराबार १६ लाख ९ हजार ४ सय ५८ कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन पेश गरिएको हो ।
बोर्डले अनुमति दिए लगतै पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको साधारण सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ । दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरिनेछ ।
कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न एन आइ सि एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । ४.८ मेगावाटको पद्मा खोला जलविद्युत अयोजना सञ्चालनमा छन् ।