काठमाडौँ । हिमालय पावर पार्टनर लिमिटेडकाे सञ्चालकमा महेन्द्रराज अधिकारी नियुक्त भएका छन् । सञ्चालक समितिको साउन १८ गते बसेको ६२औँ बैठकले संस्थापक समूहका शेयरधनीमध्येबाट अधिकारीलाई सञ्चालकमा नियुक्त गरेको कम्पनीले जानकारी दिएकाे छ ।
कम्पनीका अनुसार सञ्चालक समितिकाे २१ गते बसेको ६३औँ बैठकले सर्वसाधारण शेयरधनी समूहबाट नियुक्त भएका सञ्चालक दिवाकर पौडेलकाे राजीनामा स्वीकृत गरेको छ । बैठकले साेही समूहबाट सूर्यप्रसाद अधिकारीलाई सञ्चालक पदमा नियुक्त गरेको छ ।
कम्पनीले लमजुङको दोर्दी खोलामा २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेकाे छ ।