विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एक करोड ६ लाख कित्ता बढी साधारण सेयर निष्कासन गर्न दुई जलविद्युत कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन अनुमति पाएका हुन् ।

मकर जितुमाया सुरी हाइड्रो पावर लिमिटेड र सानिमा मिडील तमोर हाइड्रो पावर लिमिटेडले १ करोड ६ लाख ११ हजार २ सय ५० कित्ता सेयर निष्कासन गर्न पुस ७ गते अनुमति पाएका छन् । बोर्डका अनुसार यी कम्पनीले क्रमशः २२ लाख ८० हजार कित्ता र ८३ लाख ३१ हजार २ सय ५० कित्ता साधारण सेयर निष्कासन अनुमति पाएका हुन् ।

लमजुङमा ७३ मेगावाटको मध्य तमोर निर्माण गरिरहेको सानिमा तमोरले स्थानीय र सर्वसाधारणको लागि सेयर निष्कासन गर्न लागेको छ । कम्पनीको सेयर सानिमा क्यापिटल लिमिटेडले निष्कासन गरी बाँडफाँड गर्नेछ ।

मकर जितुमायाले दोलखामा सञ्चालनमा रहेको ७ मेगावाटको माथिल्लो सुरीको प्रभावित स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन अनुमति पाएको हो । कम्पनीका अनुसार निष्कासनको तयारी गरेको सेयरमध्ये ७ लाख ६० हजार कित्ता स्थानीयका लागि र बाँकी१५ लाख २० हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । कम्पनीको सेयर प्रभु क्यापिटल लिमिटेडले बिक्री तथा बाँडफाँड गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit