काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले १३२/११ केभी बसेनी सबस्टेसनबाट वितरण हुने विद्युत सेवा बन्द गर्ने भएको छ । केन्द्रले जिर्ण अवस्थामा रहेको फिडरहरूको स्तरोन्ती गर्नका सेवा बन्द गर्न लागेको हो ।
प्राधिकरण, प्रणाली सञ्चालन विभाग, प्रसारण निर्देशनाल, काठमाडौंको प्राप्त पत्रानुसार जिर्ण अवस्थाका फिडरको स्तरउन्नति गर्न सेवा बन्द गर्न लागिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सेवा शुक्रबार (१० गते) र शनिबार (११ गने) बन्द हुनेछ ।
भरतपुर फिडर–१, भरतपुर फिडर–२, आद्योगिक फिडर–१ र गणेशथान फिडर बन्द हुने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सेवा दैनिक बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म बन्द हुनेछ ।
तोकिएको समयअगावै काम सम्पन्न भए निर्धारित सयमअगावै सेवा सुरु गरिने पनि केन्द्रले जनाएको छ ।