विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी करिब २ करोड रुपैयाँ घाटामा छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनी घाटामा देखिएको हो ।

चैतसम्मको अवधिमा १ करोड ९९ लाख १८ हजार ६ सय ८० रुपैयाँ घाटामा रहेको कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरणमा उल्लेख छ । कम्पनीका घाटा गत वर्षकाे यही समयअवधिको तुलनामा भने घटेको हाे । गत वर्ष ३ करोड २४ लाख ३२ हजार ५ सय २४ रुपैयाँ घाटामा थियो ।

कम्पनीले लमजुङको दोर्दी खोलामा २५ मेगावाटको माथिल्लाे दोर्दी–ए  निर्माण गरिरहेकाे छ । अायाेजनाकाे काम अन्तिम चरणमा पुगेकाे छ । आयाेजनाकाे बाँकी काम २०७९ जेठभित्र सम्मन्न गरी असार पहिलो साताबाट विजुली उत्पादन गर्ने तयारी गरेकाे कम्पनीले जनाएको छ ।

आयाेजनाबाट उत्पादन भएकाे  विद्युत कीर्तिपुर सबस्टेसनमार्फत उदिपुर–मार्कीचोक–भरतपुर खण्डको ६ किलोमिटर प्रसारण लाइनको प्रयोग गरी मध्यमर्स्याङ्दीकाे स्वीचयार्डमा पुर्याइने भएको छ ।

आयोजना सम्पन्न गर्न ४ अर्ब ६४ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ । आयोजना सञ्चालनमा आएपछि वार्षिक १३ करोड ६७ लाख ८४ हजार ८ सय ६९ युनिट विद्युत उत्पादन हुनेछ । विद्युत उत्पादन सुरु भएको पहिलो वर्षमा करिब ८० करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

दोर्दी कोरिडोरमा माथिल्लो दोर्दी ‘ए’सँगै ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, १२ मेगावाटको दोर्दी–१, २७ मेगावाटको दोर्दी खोला लगायत आयोजना निर्माणाधीन छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit