विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले सरकारसमक्ष छ बुँदे मागपत्र पेश गर्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । समितिले नेपाल आयल निगमसमक्ष मागपत्र पुनः पेश गरेको छ र माग पूरा नभए चैत ५ गतेबाट आन्दोलन गर्ने जनाएको छ ।

नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन तथा नेपाल पेट्रोलियम दुवानी व्यवसायी महासंघ आवद्ध व्यवसायीहरू सम्मिलित उक्त समितिले आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ । समितिले पेट्रोलियम ऐन बनाई तत्काल लागू गर्नु पर्ने तथा एलपीजी विनियमावली, बिक्रेता विनियमावली तथा दुवानी नियमावली सम्बन्धित व्यवसायीक संस्थाको प्रतिनिधि सहितको सहभागितामा परिमार्जन सहित संशोधन गर्नु पर्ने माग राखेको छ ।

मागपत्रमा आयल निगममार्फत पेट्रोलियम व्यवसायीक प्रतिष्ठानको कारोबारमा हालको अवस्था तथा भविष्यमा गरिनुपर्ने सुधार तथा योजनाबारे अध्ययन गरी लागू गर्नुपर्ने, सरकारले यातायात क्षेत्रमा लागू गरेको वैज्ञानिक भाडादर पेट्रोलियम ढुवानी साधनमा समेत लागू हुनुपर्ने तथा पेट्रोलियम बिक्रेताले प्रतिशतमा पाउदै आएको कमिशन स्थगन भएकोमा फागुन १९ गतेबाट नै पाउनुपर्ने माग गरिएको छ ।

यस्तै, एलपी ग्यास ग्यास ढुवानी गर्ने साधनको भाडादर स्वचालित हुनुपर्ने माग पनि रहेको छ । समितिले अघि सारेका आन्दोलनका कार्यक्रममा चैत ५ गतेदेखि १५ गतेसम्म स्थानीय स्तरका पेट्रोलियम व्यवसायीहरु स्थानीय एसोसिएशन, पेट्रोलियम ढुवानी व्यवसायी संघ, तथा एलपी ग्यास उद्योग संघका स्थानीय प्रतिनिधिहरुबाट स्थानीय स्तरका आन्दोलन समिति गठन गर्ने रहेको छ ।

चैत ६ गतेबाट सम्पूर्ण एलपी ग्यास उद्योगहरुले नेपाल आयल निगमबाट पीडीओ खरिद नगर्ने तथा चैत १० गतेबाट सम्पूर्ण एलपी ग्यास उद्योगहरुले भारतका सबै रिफाइनरीहरुबाट एलपी ग्यास लोड बन्द गर्ने आन्दोलनका कार्यक्रम अघि सारिएको छ । चैत १४ गतेबाट एलपी ग्यास उद्योगहरुले सबै नाकाहरुबाट भन्सार छुटाउने कार्य नगर्ने, चैत १६ गतेबाट राज्यभरका पेट्रोलियम पदार्थको ढ्वानी टैंकरहरुले पीडीओ नलिने भनिएको छ ।

समितिले चैत १७ गतेबाट राज्यभरका एलपी ग्याँस उद्योगहरुबाट बिक्रेताहरुलाई बिक्रीबितरण बन्द गर्ने, चैत १८ गतेबाट पेट्रोलियम ढुवानी टैंकरहरूले लोडिङ अनलोडिङ्ग बन्द गर्ने तथा बिक्रेताहरुले निगमको डिपोबाट पेट्रोलियम पदार्थको खरिद बन्द गर्ने जनाइएको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत चैत २० गतेबाट उल्लेखित मागहरु परा नभए सम्म राज्यभरी एलपी ग्यास उद्योग र ग्यास बिक्रेताहरुले ग्याँस बिक्री बन्द गर्ने । पेट्रोलियम ढवानी ट्याङकरहरुले ढ्वानी कार्य बन्द गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit