विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २२ मेगावाटको मध्य होंगु खोला ‘ए’ जलविद्युत आयोजनाको निर्माण आगामी फागुनदेखि सुरु हुने भएको छ । एपेक्स मकालु हाइड्रोपावर कम्पनीले सोलुखुम्बुमा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।

यसअघि दोलखामा १० मेगावाटको सिप्रिङ खोला जलविद्युत आयोजना निर्माण गर्ने समूहले यो आयोजनामा लगानी गर्न लागेको हो । सिप्रिङको प्रवद्र्धक सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सहायक कम्पनीमार्फत आयोजना निर्माणमा जान लागेको कम्पनीका अध्यक्ष विष्णु अघिकारीले बताए । 

उनका आयोजनामा बैंकले गर्ने लगानीको टुंगो लागेपछि आयोजनाको संरचना निर्माणको काम सुरु हुनेछ । ‘नेपाल विद्युत प्राधिकरणसँग आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भइसकेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘बैंकको लगानी जुटेपछि संरचना बनाउन सुरु गर्छौं ।’ 

उनले आयोजनामा ऋण लगानी जुटाउन विभिन्न बैंक तथा वित्तीय संस्थासँग अन्तिम चरणको परामर्श भइरहेको बताए । आयोजनामा सानिमा बैंकको अगुवाईमा ३ अर्ब २७ करोड रुपैयाँ लगानी गर्ने सहमति जुटिसकेको पनि अधिकारीले जानकारी दिए । 

माघ महिनाभित्र बैंकसँग सहमति गरी ऋण लगानी सम्झौतामा हस्ताक्षर गर्ने कम्पनीको तयारी छ । कूल लागतको ६० प्रतिशत बैंकको ऋण लगानी हुनेछ । ४० प्रतिशत स्वपुँजी (१ अर्ब ९ करोड रुपैयाँ ) लगानी हुनेछ ।

आयोजनाको वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । वातावरणीय अध्ययन पूरा भएपछि विद्युत विकास विभागबाट उत्पादन अनुमति लिएर निर्माण सुरु गरिने कम्पनीले जनाएको छ । आयोजनासम्म पुग्ने पहुँच सडक निर्माण भइसकेको छ ।  

आयोजना पुरा भएपछि उत्पादित विद्युत सोलु कोरिडोको तिन्ला सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक २५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३