काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले २० मेगावाटको तल्लो बलेफी जलविद्युत आयोजनामा स्वपूँजी लगानी गर्ने भएको छ । साझा पावर डेभलपमेन्ट कम्पनीले सिन्धुपाल्चोकमा निर्माण गरिरहेको आयोजनामा लगानी गर्न लागेको हो ।
रिडी पावरले आयोजनामा लगानीको स्रोत जुटाउन हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात १ः०.५० को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
सय रुपैयाँमा अंकित ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बारबरको ७७ लाख ४४ हजार ५ सय ६ कित्ता सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर प्रस्ताव आगामी असार ८ गते हुने साधारणसभाले पारित गरेपछि सेयर निष्कासन गरी बाँडफाँड गर्नेछ ।
कम्पनीको ८.५ मेगावाटको बुटवल सौर्य विद्युत र २.४ मेगावाटको रिडी खोला गरी १०.९ मेगावाटका दुई विद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन् ।