images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नदी तथा खोलामा पानीको सतह विस्तारै कम हुन थालेपछि भारतबाट विद्युत आयात फेरि सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले माग र आपूर्ति व्यवस्थापन मिलाउन आइतबारबाट विद्युत आयात गर्न सुरु गरेको हो ।

विद्युत प्राधिकरण, सहायक कम्पनी र निजी क्षेत्रका जलविद्युतगृहले उत्पादन घटाउँदै लगेकाले पनि विद्युत आयात सुरु गर्नुपर्ने अवस्थाको आएको हो । आन्तरिक उत्पादन बढेसँगै विद्युत माग समेत वर्षेनी बढिरहेकाले पनि हिउँदको माग व्यवस्थापन गर्न भारतको विद्युतमा अझै केही वर्ष निर्भर हुनुपर्ने बाध्यता प्राधिकरणलाई छ ।

प्राधिकरणकाे आइतबारकाे तथ्यांकअनुसार आपूर्ति व्यवस्थापन मिलाउन २०२ मेगावाट घन्टा विद्युत भारततर्फबाट आयात गरेको छ । आयात गरिएको विद्युतको परिमाण निर्यातको तुलनामा भने कम हो । प्राधिकरणले सोही दिन बिहारतर्फ १ हजार ६० मेगावाट घन्टा विद्युत पठाएको छ ।

आइतबारको उच्च विद्युत माग  १४४५ मेगावाट हुँदा कूल माग २६ हजार ७ सय ९६ गिगावाट घन्टा रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका विद्युत आयोजनाले ९ हजार ८ सय ७२ गिगावाट घन्टा विद्युत उत्पादन गरेका छन् ।  

प्राधिकरणका सहायक कम्पनीमार्फत सञ्चालित जलविद्युत आयोजनाले ६ हजार २ सय २९ मेगावाट घन्टा र निजी क्षेत्रका विद्युत आयोजनाले १० हजार ४ सय ९३ गिगावाट घन्टा विद्युत आइतबार राष्ट्रिय प्रसारण प्रणालीमा योगदान गरेका छन् ।

प्राधिकरणका अनुसार भारतको बिहार राज्यसँगको बर्खा याम विद्युत दिने र सुख्खा याममा लिने सहमति अनुसार अहिले आयात सुरु गरिएको हो । आउने बैशाखसम्म नै भारतीय विद्युतमा निर्भर हुनुपर्ने बाध्यता रहेकाले अहिलेको आयात परिमाण क्रमशः बढ्दै जाने निश्चित छ ।

यो वर्ष माथिल्लो तामाकोसीको विद्युत प्रणालीमा थपिए पनि सुख्ख याममा गत वर्षकै हाराहारीमा विद्युत आयात गर्नुपर्ने अवस्था आउन सक्ने अनुमान छ । गत वर्ष सुख्खा याममा निजी क्षेत्रको उत्पादन २४० मेगावाटसम्म झरेको थियो । प्राधिकरणका जलविद्युतगृहको कूल उत्पादन पनि ४ सय मेगावाट हाराहारीमा झरेको थियो ।

बर्खामा सबै जलविद्युतगृह पूर्ण क्षमतामा चल्ने हुँदा उत्पादन बढ्न गई दैनिक करिब ८ सय मेगावाटसम्म विद्युत खेर जाने अवस्था आउँदा प्राधिकरणले खपत बढाउन ग्राहकलाई प्रोत्साहन गर्दै आएको थियो । सुख्खा याममा भने कुलेखानी जलाशय चलाउँदा समेत विद्युत आयात गर्नुपर्ने बाध्यता छ ।                                                    

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit