विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अध्ययन पूरा भएका साढे २ हजार मेगावाटका विद्युत आयोजना उत्पादन अनुमतिपत्रकाे पर्खाइमा बसेका छन् । सरकार तथा निजी क्षेत्रले निर्माण अघि बढाउन अध्ययन सम्पन्न गरेका विद्युत आयोजना उत्पादन अनुमतिपत्र लिन विद्युत विकास विभागमा पालाे कुरिरहेका हुन् ।

आयोजनाका प्रवर्द्धक कम्पनीले उत्पादन अनुमतिपत्र लिन विभागमा आवेदन दिएका छन् । विभागले दिएकाे जानकारीअनुसार अहिले करिब २ हजार ५ सय २६ मेगावाट जडित क्षमता भएका ३५ आयोजनाका प्रवर्द्धक कम्पनीले उत्पादन अनुमतिपत्र लिन आवेदन दिएका छन् । 

आवेदन परेका मध्ये सबैभन्दा ठुलो ८ सय २८ मेगावाटको उत्तरगंगा जलाशय जलविद्युत आयोजना छ । यो आयोजनाकाे निर्माण अघि बढाउनका लागि उत्पादन अनुमतिपत्र लिन नेपाल विद्युत प्राधिकरणले २०७६ असार १७ गते विभागमा आवेदन दिएको थियो । आवेदन दिएकाे साढे २ वर्ष बितिसक्दा पनि विभागले याे आयोजनाकाे उत्पादन अनुमतिपत्र जारी गरेकाे छैन ।

यस्तै, विद्युत प्राधिकरणले नै १८० मेगावाटको आधीखोला जलाशय जलविद्युत आयोजना निर्माण गर्न २०७७ असार १७ गते उत्पादन अनुमतिपत्रका लागि विभागमा आवेदन दिएकाे छ । विभागले याे आयोजनाकाे उत्पादन अनुमतिपत्र पनि जारी गरेकाे छैन् ।

यसैगरी, १३० मेगावाटको बुढी गण्डकी निर्माण गर्न नौलो नेपाल हाइड्रो इलेक्ट्रिक प्रालिले आवेदन दिएको छ । कम्पनीले आवेदन दिएको ८ वर्ष वितिसक्दा पनि अहिलेसम्म विभागबाट अनुमतिपत्र पाउन सकेकाे छैन । कम्पनीले २०७० असार १६ गते उत्पादन अनुमतिका लागि विभागमा आवेदन दिएको थियो ।

यस्तै, १३२ मेगावाटको तल्लो बरुण, ३४१ मेगावाटको बूढीगण्डकी, १७१ मेगावाटको दुधकोसी–६ जलविद्युत आयोजना पनि उत्पादन अनुमतिपत्र लिन पालाे कुरिरहेका छन् । ६५ मेगावाटको मध्य त्रिशुली, ५८ मेगावाटको टिप्ल्याङ कालीगण्डकी, ५७ मेगावाटको हिमचुली दोर्दी, ६५ मेगावाटको दुधखोला, २९ मेगावाटको कुवान खोला, ५ मेगावाटको सेप्ली खोला, ७.९ मेगावाटको चिनो खोला, ४.१ मेगावाटको सुपर सवा खोला, १० मेगावाटको माथिल्लो सागु खोला  आयोजनाकाे समेत विभागमा आवेदन परेको छ ।

 २१.९३ मेगावाटको काबेली–३, २१ मेगावाटको जलगाड, ८.३ मेगावाटको माथिल्लो देउमाई, ३.३ मेगावाटको स्यार्पू, ३७.७ मेगावाटको इसुवा खोला, २२ मेगवाटको होङगु खोला, ७७.५ मेगावाटको घुन्सा खोला, २० मेगावाटको अप्पर सेती, २ मेगावाटको अरुण खोला–२ आयोजना अघि बढाउन निर्माण अनुमतिका लागि आवेदन परेको विभागले जनाएको छ ।

विभागका अनुसार २८.१ मेगावाटको माथिल्लो काबेली, ९.५५ मेगावाटको सुपर सवा खोला, १५ मेगावाटको इर्खुवा खोला, ४१.८६ मेगावाटको सुपर तल्लो बागमती, ७० मेगावाटको सिंबुवा खोला, २.६४ मेगावाटको भलाउदी खोला, ९ मेगावाटको सानो खोला, ३७.५ मेगावाटको तमोर खोला–५, १.५ मेगावाटको झिमरुक आङलुङ जलविद्युत आयोजना निर्माण अनुमतिका लागि आवेदन परेको छ ।

विभागले करिब ७ हजार ४० मेगावाट विद्युत उत्पादन गर्न २४१ जलविद्युत आयोजनालाइ उत्पादन अनुमति दिएको छ । अहिले यी आयोजना निर्माणका विभिन्न चरणमा छन् ।

अन्तरिक विद्युत उत्पादन बढ्दै गएकाे अवस्थामा विद्युत आयोजनाकाे उत्पादन अनुमतिपत्र जारी गर्ने प्रक्रिया सुस्त बनेकाे छ । विभागले थाेरै संख्यामा मात्रै उत्पादन अनुमतिपत्र दिइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३