विद्युत अपडेट

  • प्राधिकरण : ४१६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८१५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५३८० मे.वा.घन्टा
  • आयात : २२६० मे.वा.घन्टा
  • निर्यात : १८६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : १३० मे.वा.घन्टा
  • ऊर्जा माग : ५४७५० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २५१० मे.वा.
२०८३ असोज १७, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । जेनजी आन्दोलनपछिको विषम परिस्थितिमा निर्वाचनमार्फत दुई तिहाइ बहुमत ल्याएर गठन भएको सरकारले आगामी आर्थिक वर्ष (आव) का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

चालु आवमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट विनियोजन भएकोमा आगामी आवमा २५.२० प्रतिशत बढाइएको छ । कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सरकारले आगामी आवका लागि ऊर्जा तथा जलस्रोततर्फ १ खर्ब १४ अर्ब २ करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसमध्ये, ऊर्जा उत्पादन, प्रसारण र वितरणमा ८५ अर्ब ५४ करोड र जलस्रोत तथा सिँचाइतर्फ ३८ अर्ब ४८ करोड रुपैयाँ छुट्ट्याइएको छ ।

यसैगरी, आगामी आवमा जलविद्युत् आयोजनाबाट ६७० मेगावाट र सौर्य आयोजनाबाट  ३७० मेगावाट गरी १०४० मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध हुने प्रक्षेपण गरिएको छ । उक्त परिमाण थपिएपछि देशको कुल जडित क्षमता ५५३५ मेगावाट पुग्ने अनुमान गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३