विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । युनिट्स इन्जिनियरिङ कन्सलटेन्सी (युइसी) ले विभिन्न जलविद्युत आयोजनामा खटाउने गरी ७ जना इन्जिनियर मागेको छ । युइसीले जलविद्युत आयोजनाकाे अध्ययन, डिजाइनकाे काम तथा निर्माणाधीन आयोजनामा खटाउने गरी रिक्त पदपूर्तिका लागि इन्जिनियर मागेको हो ।

युइसीले ४ जना सिभिल इन्जिनियर, १ जना स्ट्रक्चरल इन्जिनियर र २ जना मेकानिकल इन्जिनियरकाे पदपूर्ति गर्न आवेदन खुलाएकाे हाे । युइसीका अनुसार २ जना सिभिल इन्जिनियरका लागि सिभिल इन्जिनियरिङमा स्नातक गरेको तथा ५ वर्ष सम्बन्धित क्षेत्रमा काम गरेकाे र अनिवार्यरूपमा एउटा जलविद्युत आयोजनाको निर्माण पूरा गरेको अनुभव हुनुपर्ने छ ।

यस्तै, बाँकी २ जना सिभिल इन्जिनियरका लागि सिभिल इन्जिनियरिङमा स्नातक गरेको, ३ वर्षको अनुभव भएको र जलविद्युत आयोजनामा १ वर्ष अनिवार्य काम गरेको हुनुपर्ने सर्त राखिएकाे छ ।स्ट्रक्चरल इन्जिनियरका लागि यही विषयमा स्नाकोत्तर गरेको र कम्तीमा पनि २ वर्षको अनुभव भएको हुनुपर्नेछ ।

मेकानिकल इन्जिनियरका लागि मेकानिकल इन्जिनियरिङमा स्नातक गरेको, २ वर्षको अनुभव भएको तथा जलविद्युत आयोजनामा अनिवार्य एक वर्ष काम गरेको हुनुपर्ने युइसीले जनाएकाे छ।

याेग्यता पुगेका इच्छुक व्यक्तिले आगामी बुधबार (माघ ५ गते) सम्म आवेदन दिइसक्नु पर्नेछ । आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित बुझाउनु पर्नेछ ।

आवेदकमध्ये शैक्षिक प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी कार्यानुभव भएकाले रोजगारीको अवसर पाउनेछन् । योग्य आवेदकले कम्पनीको कार्यालय, सानेपा वा इमेल ([email protected]) मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit