विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज २०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । गत शनिबार माथिबाट पहाडै आएर क्षतिग्रस्त देशकै सबैभन्दा ठूलो जलविद्युत् केन्द्रको रूपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको क्षति र मर्मतसम्भारबारे अध्ययन गर्न विज्ञसहितको टोली आयोजनास्थल लामाबगर पुगेको छ । मंगलबार ऊर्जा तथा जलस्रोत राज्यमन्त्री पूर्णबहादुर तमाङ, ऊर्जा सचिव, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक सहितको टोली लामाबगर पुगेर जलविद्युत् केन्द्रको बाँध र पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी फर्किएको छ । स्थलगत निरीक्षणपछि राज्यमन्त्री सहितको टोलीले जलविद्युत्को सकेसम्म चाँडै उत्पादन सुचारु गर्ने गरी काम गर्न व्यवस्थापनलाई निर्देशन समेत दिएको छ । 

क्षतिग्रस्त जलविद्युत् केन्द्रको बाँधको क्षतिको अवस्था र त्यसपछि पुर्ननिर्माणका लागि ऊर्जा विज्ञको रूपमा अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठ, नेपाल विद्युत् प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेसहितको टोली लामाबगर आएर अध्ययन शुरू गरेको हो ।

‘बाढीमा परी बेपत्ता भएकाहरूको खोजी र व्यवस्थापनमा ३ दिन लाग्यो,’ अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले भने, ‘अब हेडवर्क्समा माथिको पहाडबाट आएका ठूला ठूला ढुङ्गा, गेग्र्यान र लेदो पन्छाउने काम शुरू हुँदैछ । सबै सफा गरिसकेपछि डिस्याण्डर, कल्भर्टमा के कति क्षति भएको छ अध्ययन हुनेछ ।’ 

सामान्य क्षति भएको छ भने चाँढै नै बाँधका ढोका बन्द गरेर विद्युत्गृहमा पानी लगी  विद्युत उत्पादन शुरू गर्ने उनले बताए । तर, ठूला ठूला ढुङ्गा पनि झरेकाले कल्भर्ट र डिस्यान्डरमा क्षति भए छ भने विद्युत् उत्पादनका लागि समय लाग्ने उनको भनाइ छ । 

‘बढी क्षति भएको भए मर्मतमा समय लाग्छ,’ उनले भने, ‘म्यानुअली सञ्चालन गर्न सकिने अवस्था भए क्षतिग्रस्त कन्ट्रोल रुम लगाएतका संरचना पुर्न निर्माणका लागि अध्ययन टोलीको सुझावका आधारमा काम अघि बढाइने छ ।’ 

शनिबार दिउँसो नै माथिबाट आएको पहिरोमा परी विगू गाउँपालिका– १ लामाबगरमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको हेडवर्क्सको कन्ट्रोल रुममा क्षति हुँदा २ जना नेपाली सेना र २ जना माथिल्लो तामाकोसीकै कर्मचारीको ज्यान गएको छ ।  

हेडवर्क्सको बाँयातर्फको माथिल्लो भेगबाट पहिरोसहितको भेल लगातार आएर कन्ट्रोल रुममा क्षति पुगेको छ । हेलिकप्टरबाट पहिरो क्षेत्रको निरीक्षण गर्दा अझै ठूला ठूला ढुङ्गाहरु अड्किएर बसेकाले कुनै पनि बेला झर्न सक्ने भएकाले जोखिम कायमै रहेको देखिएको छ । माथिल्लो तामाकोसीको हेडवर्क्स वरपरको पहाडको जोखिमको थप अध्ययन गर्नेसमेत तयारी भएको छ ।

नदीमा ठूलो बाढी आउँदा शुक्रबार साँझदेखि नै माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको बाँधका सबै ढोका खोलेर विद्युत् उत्पादन बन्द गरिएको कारण थप क्षति हुनबाट भने जोगिएको छ । देशकै ठूलो जलविद्युत् केन्द्र बन्द हुँदा विद्युत् उत्पादनबाट मात्रै दैनिक साढे २ करोड आम्दानी भने गुमेको छ ।

किर्नेमा राजमार्ग सुचारु हुने

मन्थली तामाकोसी राजमार्ग सुचारु गर्ने गरी काम शुरू भएको छ । तामाकोसी नदीमा आएको बाढीले शनिबार नै तामाकोसी गाउँपालिका–५ किर्नेको सडक नै बगाएको सडक अस्थायी रूपमा खोल्नका लागि दोलखा र रामेछापका स्थानीय सरकार, सुरक्षा प्रमुखहरू, राजनैतिक दलका प्रमुखहरूले पहल थालेका छन् ।

रामेछापबाट निर्वाचित सांसद समेत रहेका ऊर्जा तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तमाङ नेतृत्वको टोली लामाबगर जाँदा किर्नेको क्षतिग्रस्त सडक समेत निरीक्षण गरेको छ । सर्वपक्षीय छलफलपछि अस्थायी रूपमा खिम्ती–१ जलविद्युत् केन्द्रको कम्पाण्डभित्रबाटै वा नदी घटेकाले नदीको बगरबाटै खोल्ने गरी अध्ययन गर्नेगरी काम शुरू गर्ने निर्णय भएको छ । अस्थायी सडक २ दिनभित्रै खोल्ने गरी काम गर्ने निर्णय भएको तामाकोसी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले जानकारी दिए ।

तामाकोसी नदीले किर्नेको हिमाल पावर लिमिटेडको गेट अगाडिसम्म र अर्को खिम्ती प्रोजेक्ट स्कुल र विद्युत प्राधिकरणको सवस्टेशनसम्म करिब २ सय मिटर सडक कटान गरेको छ ।

सडक कटानले दोलखाको तराईसँग सम्पर्क विच्छेद भएको छ भने रामेछाप लगायतका उत्तर पूर्वी जिल्लाहरु ओखलढुङ्गा सोलुखुम्बु, खोटाङ, भोजपुरको विपी राजमार्गमा बढी क्षति भएकाले राजधानीसँगको सम्पर्क विच्छेद भएको छ । विपी राजमार्ग मर्मतमा समय लाग्ने हुँदा सबैभन्दा सजिलो किर्नेको सडक सुचारु गर्न सके रामेछाप सहित पूर्वी जिल्लाहरुका गाडी काठमाडौं आऊजाऊमा सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३