विद्युत अपडेट

  • प्राधिकरण : ८२९२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५५९२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १७७४७ मे.वा.घन्टा
  • आयात : १०७८० मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३३१० मे.वा.घन्टा
  • ऊर्जा माग : ४५७२१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २१४७ मे.वा.
२०८२ जेठ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । साझा यातायातका विद्युतीय बस उपत्यकाका सडकमा गुड्न थालेका छन् । २०७८ चैतमा नेपाल भित्र्याएको ३ वटा बिजुली बस आज (बिहीबार) देखि गुड्न थालेका हुन् ।

बिहीबार साझा यातायातको कार्यालय पुल्चोकमा औपचारिक रुपमा उद्घाटन गरी बस सञ्चालन गरिएको छ । तीन वटा बसमध्ये दुई वटा रत्नपार्क, ठमेल, नयाँ बसपार्क हुँदै एअरपोर्टको रुटमा चल्ने छ भने अर्को बस लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा चल्ने साझाले जनाएको छ ।

तीन वटै बसमा चालक र परिचालकमा महिला छन् । अपाङ्गतामैत्री बसमा ह्वीलचियरसहित सजिलै चढ्न सकिने व्यवस्था छ । बसमा सीसीटीभी, टीभी, वाइफाई, डस्बिन र बस रोक्न विशेष खालको बटमको सुविधा छ ।  बसमा १६१.२८ किलोवाटको ब्याट्रीको प्रयोग गरिएको छ । बस ४५ किलोवाटको चार्जमा ५ घण्टा चार्ज गर्दा २ सय किलोमिटर गुड्न सक्छ ।

चीनबाट ल्याउन लागिएको ४० मध्ये पहिलो चरणमा ३ वटा बस ल्याइएको हो । प्रतिबस करिब डेढ करोड रुपैयाँ परेको बस चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीले तयार गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३