काठमाडौं । नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रको विद्युत सेवा आइतबार (कात्तिक ६ गते) सम्मका लागि बन्द भएकाे छ । केन्द्रले महेन्द्रनगर सबस्टेसन अन्तर्गत रहेका ३३ केभी प्रसारण लाइन आसपास रहेको रुखका हाँगाविगाहरू काट्ने (बुस कटिंग) कार्यका लागि सेवा बन्द गरेकाे हो ।
गत असोज ३१ गतेदेखि विद्युत सेवा बन्द गरेर काम सुरु गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सबस्टेसन अन्तर्गतकाे २७ फिडर वरीपरीकाे रूखका हाँगाविगाहरू काट्ने (बुस कटिंग) काम भइरहेकाे छ । बिहान ८ बजेदेखि सेवा बन्द गरी काम गरेर बेलुका ५ बजे पुन सेवा सूचारू गर्दै आएकाे केन्द्रले जनाएकाे छ ।
विद्युत सेवा कातिक ६ गते (आइतबार ) सम्म बन्द हुने केन्दले जनाएको छ । कार्यको आवश्यकता अनुसार समयमा केही घटवढ पनि हुन सक्ने जनाइएको छ । तोकिएको सयम अगावै काम सम्पन्न भएमा निर्धारित समय अगावै सेवा सुरु गर्ने गरिनेछ ।
थप जानकारीका लागि