images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत विकास विभागले ५ महिना १७ वटा प्रसारण लाइन आयोजनालाई अध्ययन अनुमति दिएको छ । विभागले देशका विभिन्न ठाउँमा निर्माणाधीन, निर्माणमा जाने तयारीमा रहेका जलविद्युत् तथा सौर्य आयोजनाको विद्युत प्रवाह हुने ३३ केभीदेखि २२० केभी क्षमतासम्मका प्रसारण लाइन आयोजनालाई अध्ययन अनुमति दिएको हो । 

वैशाखदेखि भदौसम्ममा ३३ केभीदेखि २२० केभीसम्मका १८ प्रसारण लाइन आयोजनलाई अध्ययन अनुमति दिएको विभागको तथ्याङ्क छ । निर्माणका चरणमा रहेका, निर्माणमा जाने तयारीमा रहेका जलविद्युत आयोजनाको बिजुली प्रवाह हुने संरचना तयार गर्न विभागले उक्त प्रसारण लाइन आयोजनालाई अध्ययन अनुमति दिएको हो । अध्ययन अनुमति पाएका आयोजनाहरु नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका रहेका छन् । 

अध्ययन अनुमति पाउनेमा २२० केभी क्षमताका ३ आयाेजना छन् । १३२ केभी क्षमताका १० र ३३ केभी क्षमताका ४ प्रसारण लाइन छन् । २२० केभी क्षमताका ओखरपौवा–तीनपिप्ले प्रसारण लाइनले वैशाख २६ गते अध्ययन अनुमति पाएको थियो । यस प्रसारण लाइन आयोजनाको अध्ययन प्राधिकरणले गरिरहेको छ । साथै, २२० केभी क्षमताका डुकुछाप–सिरुटार–नालागुम्बा–लप्सीफेदी र लप्सीफेदी–कपन–गुम्बा–तीनपिप्ले प्रसारण लाइन आयोजनाले पनि अध्ययन अनुमति पाएका छन् ।

यसैगरी, १३२ केभी क्षमताका मेवा खोला, स्याउले–साँफेबगर, करुवा–सेती, बफीकोट–कुंग्री, बालाजु–सिंहदरबार, टेकु–थापाथली, सिरुटार–हरिसिद्धी–पाटन, सुपर तल्लो बागमती, भक्तपुर सिरुटार र भोटेकोसी–१ प्रसारण लाइन आयोजनाले अध्ययन अनुमति पाएको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, ३३ केभी क्षमताका चुलेपु खोला, जिरा भवानी सोलार, बलेफी–ए र मध्य तारा खोला प्रसारण लाइन आयोजनाले पनि अध्ययन अनुमति पाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit