विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले रसुवामा निर्माण गरिरहेको ४२.५ मेगावाटको सान्जेन खोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । कम्पनीले २०७० सालदेखी निर्माण सुरु गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

अहिले आयोजनाको अन्तिम चरणकाे छुटफुट काम भइरहेको आयोजना प्रमुख अर्पणबहादुर सिंहले बताए । उनले आयोजनाको सबै काम पूरा गरेर फागुन अन्तिम सातादेखि परीक्षण सुरु गर्ने लक्ष्य रहेकाे जानकारी दिए । हेडरेस तथा पेनस्टक पाइपको परीक्षण भने सुरु गर्ने तयारी भइरहेको जानकारी दिँदै सिंहले पुस १५ गतेभित्र सुरुङमा पानी भर्ने बताए । 

‘आयोजनाको सिभिल संरचनाको शतप्रतिशत निर्माण सकिएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘इलेक्ट्रो मेकानिकल उपकरण जडानकाे काम ८५.४४ प्रतिशत, सिभिल तथा हाइड्रो मेकानिकल तर्फ ९६.४७ प्रतिशत निर्माण पुरा भएको छ । आयोजनाको बाँकी काम ३ महिनाभित्र पूरा गरी अन्य संरचनाको पनि परीक्षण सुरु गर्ने योजनाअनुरुप काम भइरहेको सिंहले जानकारी दिए ।

आयोजनाको काम पूरा भएपछि उत्पादित विद्युत् २ किलोमिटर लामो दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको चिलिमे हब-सबस्टेसनमा जोडिने छ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइनको काम भने पुरा भइसकेको छ । आयोजना निर्माण सम्पन्न गर्न ५ अर्ब २ करोड ४२ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । तर निर्माणमा ढिलाई, डलरको मूल्यवृद्धि र मुद्रास्फिती लगायतका कारणले यो आयोजनाको लागत बढ्न सक्ने कम्पनीले जनाएको छ ।

आयोजनाको काम यसअघि नै सम्पन्न गर्ने कम्पनीको लक्ष्य थियो । तर, यसअघि नै झेल्नुपरेको भुकम्प, बाढि पहिरो, नाकाबन्दी, विभिन्न सरकारी तथा गैर–सरकारी निकायबाट पाउनुपर्ने स्वीकृतमा ढिलाइ, ठेकेदारको कार्यसम्पादनमा ढिलाई तथा कोभिड–१९ लगायत विविध कारणले गर्दा आयोजना सम्पन्न हुने मिति लम्बिदै गएको पनि कम्पनीले जनाएको छ ।

कम्पनीले रसुवा मै १४.८ मेगावाटको माथिल्लो सान्जेन खोला जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरिसकेको छ । यो आयोजनाले २०८० असोजदेखि विद्युत् उत्पादन गरिरहेको छ ।

आयोजनाको थप विवरण

आयोजनाको नाम : सान्जेन खोला जलविद्युत् आयोजना

प्रवर्द्धक : सान्जेन जलविद्युत् कम्पनी लिमिटेड

आयोजनास्थल: रसुवा

क्षमता: ४२.५ मेगावाट

निर्माण सुरु भएको मिति: २०७० साल

सुरुङ: ३६३० मिटर

पेनस्टक पाइप: १०८१ मिटर 

विद्युत जोडिने विन्दु: चिलिमे हब–सबस्टेसन

अनुमानित लागत:  ५ अर्ब २ करोड ४२ लाख

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit