विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुनसरीको धरानमा निर्माण भइरहेको देशकै ठूलो बायोग्यास प्लान्टको निर्माण अन्तिम चरणमा पुगेको छ । एनारोबिक डाइजेसन प्रणालीमा निर्माण भएको यो पहिलो आधुनिक प्लान्ट हो ।

भेन्चर वेस्ट टु इनर्जी प्रालिले निर्माण गरिरहेको यो प्लान्टको सिभिल संरचनाको काम शतप्रतिशत पूरा भएको छ । केही उपकरण जडान गर्न बाँकी रहेको हुँदा एक साताभित्र काम पूरा गरी प्लान्ट सञ्चालनमा ल्याइने आयोजनाका इन्जिनियर विवेक अग्रवालले जानकारी दिए ।

‘प्लान्टको परीक्षण उत्पादन पूरा भइसकेको छ, अब हामी व्यावसायिक सञ्चालनको तयारीमा छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘यहाँबाट ग्यास र जैविक मल उत्पादन हुन्छ । जुन धरान क्षेत्रमै खपत हुने अपेक्षा गरिएको छ ।’

धरान बजारबाट करिब ३ किलोमिटर पूर्व पानवारीमा निर्माण भएको प्लान्ट रहेको क्षेत्रफल करिब एक बिघा छ । जसका लागि प्रतिदिन २२ टन फोहोर संकलन भइरहेको कम्पनीले जानकारी दिएको छ । संकलन गरेर ल्याइएको फोहोर प्लान्टमा राखेर सेग्रिगेसन अर्थात् कुहिने र नकुहिनेमा छुट्ट्याइन्छ । यसपछि मात्र ग्यास तथा मल उत्पादन गर्न कारखानामा पठाइन्छ ।

कम्पनीका अनुसार प्लान्टबाट प्रतिदिन १८०० किलोग्राम ग्यास र ४०० किलोग्राम जैविक मल उत्पादन हुनेछ । उत्पादित ग्यास धरान बजारमा सञ्चालन हुने सफा टेम्पूमा उपयोग गर्ने योजना छ । अहिले धरानमा ४५०० सफा टेम्पू सञ्चालन भइरहेका छन् । ४०० टेम्पू सञ्चालन गर्न ग्यास पर्याप्त हुने अग्रवालको भनाइ छ ।

२४ करोड ८५ लाख रुपैयाँ लागतमा पूरा गर्ने लक्ष्य राखिएको प्लान्टका लागि विश्व बैंक र सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत २०/२० प्रतिशत सहुलियत ऋण दिनेछन् । व्यावसायिक उत्पादन सुरु भएको २० वर्षपछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरिने प्लान्टले त्यतिबेलासम्म करिब प्रतिदिन ५० टन फोहोर व्यवस्थापन गर्न सक्ने अनुमान गरिएको छ ।

प्लान्टका लागि चाहिने फोहोरमध्ये करिब ८० प्रतिशत अर्थात् प्रतिदिन १५ मेट्रिक टन धरान उपमहानगरपालिकाभित्रैबाट संकलन हुने अपेक्षा छ । उत्पादित ग्यास सफा टेम्पो चलाउन प्रयोग गर्नुका साथै घरघरमा जोड्ने योजना पनि छ । यसका महानगरपालिकाले काम गरिरहेको जनाइएको छ ।

ग्यास तथा मल उत्पादनपछि निस्किने पानी, फोहोर पुनः प्रयोग गर्न मिल्ने गरी प्लान्ट निर्माण गरिएको छ । योसँगै त्यहाँबाट निस्किने मिथेन ग्यास वायुमण्डलमा त्यतिकै नछोडी नष्ट गर्ने वा बालिने हुँदा वातावरण प्रदुषणलाई समेत यसले रोक्ने कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit