विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैँ । ऊर्जा उत्पादक, निर्माण सामाग्री ढुवानीकर्ता, परामर्शदाता, ठेकेदार र वितरकहरू सबैलाई एउटै छानामुनि ल्याएर यस क्षेत्रको विकास गर्ने लक्ष्यका साथ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ गर्ने भएको छ । इपान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा आगामी बैशाख १२, १३ र १४ गते एक्स्पो हुन लागेको हो ।

‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको एक्स्पोले ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने इपानका अध्यक्ष गणेश कार्की बताए । उनले विदेशी कम्पनीहरूले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न खोजेको, सम्पर्क गर्न खोजेकोले सबैलाई एउटै छानामुनि ल्याएर छलफल गर्न एक्स्पो महत्वपूर्ण रहेको बताए ।

‘देश ऊर्जामय बन्दै गएको छ, भारतसँग १० वर्षमा १० हजार मेगावाट निर्यात गर्ने सम्झौता भएसँगै यसको बजार पनि लगभग सुनिश्चित भइसकेको छ,’ उनले भने, ‘अब, सरकारले लिएको प्रतिबद्धता पूरा गर्न आवश्यक परामर्शदाता, लगानीकर्ता, उपकरण ढुवानीकर्ता, ठेकेदार, वितरक सबैलाई एउटै छानामुनि ल्याउन खोजेका छौँ ।’

इपानका उपाध्यक्ष आशिष गर्गले २८ हजार मेगावाट विद्युत् उत्पादन गर्न ठूलो धनराशी आवश्यक पर्ने बताउँदै लगानीको वातावरण सिर्जना गर्न पनि एक्स्पो आयोजना गर्न लागिएको बताए । उनले नेपालमा ऊर्जा क्षेत्रमा ५० खर्ब रुपैयाँ बढीको ‘विजनेस’ भएको देखाउन पनि यो महत्वपूर्ण रहेको जानकारी दिए ।

१० वर्षमा १० हजार मेगावाट विद्युत् भारतमा दीर्घकालीन रूपमा निर्यात गर्ने सम्झौता भइसकेको तथा सन् २०३५ भित्र १५ हजार मेगावाट विद्युत निर्यात गर्ने उद्देश्यसहितको २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने मार्गचित्र तयार भइसकेको छ ।

इपानका अनुसार ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकोले यसलाई मूर्त रूप दिने गरी निजी क्षेत्रबाट यो भव्य एक्स्पो आयोजना गर्न लागिएको हो । नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने अपेक्षा गरिएको छ ।

इपानका अनुसार हाल २९०१ मेगावाट जडित क्षमता रहेकोमा निजी क्षेत्रबाट मात्र सोलारसहित १७१ आयोजना सम्पन्न भई २२१४ मेगावाट ऊर्जा उत्पादन भइसकेको छ । यसैगरी ३३९७ मेगावाट बराबरका १३१ आयोजना निर्माणाधीन अवस्थामा छन् भने ३६ सय १५ मेगावाट बराबरका १३८ आयोजना विद्युत खरिद सम्झौता (पिपिए) भएर वित्तीय व्यवस्थापनको चरणमा छन् । यसैगरी करिब १९ हजार ६२३ मेगावाट बराबरका २५८ आयोजना निजी क्षेत्रबाट अनुमतिपत्र लिएर निर्माणको विभिन्न चरणमा छन् ।

ऊर्जा उत्पादनको लक्ष्य कार्यान्वयनमा समेत महत्वपूर्ण योगदान दिने गरी आयोजना गर्न लागेको एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकाय, विश्वविद्यालय र कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कुटनीतिज्ञ नियोगहरु, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीको सहभागिता रहनेछ ।

यसैगरी, निर्माण व्यवसाय कम्पनी, बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामबारे नीतिगत बहसका साथै नयाँ प्रविधि र उपकरणहरुको प्रर्दशनी गर्ने कार्यक्रम रहेको इपानले जानकारी दिएको छ ।

आयोजकका अनुसार एक्स्पोमा दिगो, समावेशी, हरित पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ ।

चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरु एक्स्पोमा सहभागी हुने इपानले जनाएको छ । जलविद्युतका लगानीकर्ता, उत्पादक, इन्जिनियर लगायत यस क्षेत्रमा चासो राख्ने सबैका लागि जानकारीको केन्द्र बन्ने एक्स्पोमा ३ दिनको अवधिमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्तीय संस्था, सिमेण्ट, डण्डी लगायतका २०० भन्दा बढी स्टल रहने छन् । ती मध्ये झण्डै ५० प्रतिशत विदेशी स्टल हुने छन् ।

हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवाको प्रतिष्पर्धा एक्स्पोको आकर्षण बन्ने इपानले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit