विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । निजामती सेवा दिवस–२०८२ को सन्दर्भ पारेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरिएको छ । मन्त्रालयले शुक्रबार बिहान आयोजना गरिएको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले वृक्षारोपण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

निजामती सेवा दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा ऊर्जा मन्त्री खड्काले सुशासन कायम गरी छिटो छरितो रूपमा आम नागरिकलाई सेवा प्रदान गर्न कर्मचारी लाग्नुपर्ने बताए । उनले कर्मचारीले आफ्नो हक अधिकारको संरक्षण गर्दैगर्दा दायित्व नबिर्सन समेत आग्रह गरे । 

मन्त्री खड्काले मन्त्रालयले विगतका वर्षदेखि नै डेंगु नियन्त्रण र सरसफाइ अभियान सञ्चालन गर्दै आएको बताए । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु उत्तम भएकाले यस्ता सचेतना कार्यक्रमले रोग नियन्त्रणमा सहयोग पुग्ने उनको भनाइ थियो । उनले ऊर्जा मन्त्रालय र यसअन्तर्गतका सबै निकायमा सरसफाइ अभियानलाई निरन्तरता दिन समेत कर्मचारीलाई निर्देशन दिए ।
 
जलस्रोत तथा सिँचाई सचिव सरिता दवाडीले निजामती सेवा दिवसलाई यस वर्षदेखि फरक ढङ्गले मनाउने निर्णयअनुसार सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले मन्त्रालयले गत वर्षदेखि नै हरेक हप्ताको शुक्रबार सरसफाइ कार्यक्रम गर्दै आएको बताए ।  

कार्यक्रममा मन्त्री खड्कासहित सिँचाइ सचिव दवाडीसँगै, जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव दिननाथ मिश्र, मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले समेत वृक्षारोपण गरेका थिए । 

यसैगरी, शुक्रबारदेखि नै सिंहदरबारभित्र काठमाडौँ महानगरपालिकाको स्वास्थ्य सेवा विभागको टोलीले समेत डेंगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । उक्त टोलीले सिंहदरबारभित्र पानी जम्ने सम्भावित क्षेत्रमा खोज तथा लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३