विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रबाट उत्पादित बिजुली बेचेर करिब ५ अर्ब रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले ६ महिनाको अवधिमा सो आम्दानी गरेको हो । 

आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुससम्मको अवधिमा बिजुली बेचेर ४ अर्ब ९८ करोड ५१ लाख ८६ हजार ६ सय ६४ रुपैयाँ आम्दानी गरेको कम्पनीले सार्वजनिक गरेको आव २०७९/८० को दोस्रो त्रैमासको वित्तीय विवरणमा उल्लेख छ ।  

कम्पनीका अनुसार गत वर्ष यही समयअवधिमा ३ अर्ब ६४ करोड ६५ लाख २५ हजार ८ सय ६४ रुपैयाँ आम्दानी भएको थियो । पहिलो त्रैमासका तुलनामा दोस्रो त्रैमासमा उत्पादन घटेको पनि कम्पनीले जनाएको छ ।

पहिलो त्रैमासमाको तुलनामा सुख्खा याममा कारण दोस्रो त्रैमासमा विद्युत उत्पादन कम भएको र २०७९ कार्तिक ८ गते देखि १८ गते सम्म विद्युत केन्द्रको सबै युनिटहरु बन्द गरी विद्युत केन्द्रको बृहत मर्मत सम्भार गरिएको हुँदा बिद्युत बिक्री आय घट्न गएको कारण यस त्रैमासमा घाटा देखिएको हो । 

कम्पनी अहिले ८२ करोड ४८ लाख ४६ हजार ६ सय २० रुपैयाँले घाटामा छ । गतवर्ष ३३ करोड ५ लाख १७ हजार ८ सय ३८ रुपैयाँ घाटामा थियो । कम्पनीको दोलखामा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले २०७८ भाद्र २५ देखि पूर्ण रुपमा व्यपारिक उत्पादन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit